२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शैक्षिक गुणस्तर सुधारकालागि धार्मिक महोत्सव सन्चालन हुने

२०७३, ७ माघ शुक्रबार ०२:४८

प्रकाश धौलाकोटी/माघ ७, तेह्रथुम । तेह्रथुमको हमरजुङ गाउँ विकास समिति वार्ड नं. ७ स्थित सरस्वती माविलाई जिल्लाकै नमुना शैक्षिक संस्था निर्माण गर्न सहयोग जुटाउने उदेश्यले विद्यालयले ‘तेह्रथुम छथर शुक्रबारे शैक्षिक तथा धार्मिक महोत्सव’ गर्ने भएको छ । 

विद्यालयलाई जिल्लाकै नमुना अत्याधुनिक सेवा सुविधायुक्त प्राविधिक शिक्षा सहितको विद्यालय बनाउन धार्मिक महोत्सव अर्थात् साता व्यापी अष्ट ज्ञान महायज्ञ सन्चालन गर्न लागिएको प्रधानाध्यापक टिकाराम बस्नेतले जनाए । 

महायज्ञबाट सहयोग संकलन गरी विद्यालयको भौतिक पुर्वाधारलाई पुर्णता दिने, आधुनिक पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब कक्ष स्थापना, सुविधा सम्पन्न शौचालय, श्रव्य दृश्य शैक्षिक सामाग्रीको व्यवस्थापन लगायत गर्ने योजना निर्माण गरिएको प्रअ बस्नेतले बताए । 

यस्तै विद्यालयमा सिसि टिभी जडान, आकर्षक विद्यालय भवन निर्माण, आधुनिक कक्षा कोठा, बैठक कक्ष व्यवस्थापन, यस क्षेत्रका राम्रो हल निर्माण, खेल मैदान तथा खेल पुर्वाधार विकास, पौष्टिक सन्तुलनसहितको क्यान्टिन निर्माण, पार्किङ एरिया लगायत व्यवस्थापन गर्ने समेत योजनाहरु निर्माण गरिएको छ । 

विद्यालयमा आधुनिक सेवा सुविधासहितको छात्रावास निर्माण गर्ने र प्राविधिक शिक्षासहितको ५ हजार बढी विद्यार्थी अध्ययन गर्नसक्ने शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना बनाइएको उनले बताए । महोत्सवबाट विद्यालयको सो अवधारणालाई आम शिक्षाप्रेमी, अभिभावक, समाजसेवीहरुमा यी योजनाहरुबारे छलफल गर्दै सहयोग संकलन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कटुवालले बताए । 

महोत्सव तथा महायज्ञ फागुन १५ देखि २२ गतेसम्म सन्चालन हुनेछ । महोत्सवबाट ३ करोड रुपैयाँसम्म उठाउन सके विद्यालयलाई प्रदेश नं. एक कै शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको उनले बताए । उनले सबै शिक्षाप्रेमी, समाजसेवी तथा अभिभावकहरुमा आफुहरुको सो अभियानमा साथ दिन आग्रह गरे ।

 महोत्सवमा अवसरमा हुने महायज्ञमा ५१ सय शान्ति कलशको हवन तथा पुजा, सांगीतिक कार्यक्रमहरु हुनेछन् । महोत्सवमा स्थानीय, पुर्वान्चलस्तरीय साथै राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । महायज्ञमा श्री गोविन्दशरण महाराज र मधुरबाणीकी धनी मिरादेवीबाट धार्मिक प्रवचन हुने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ