अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई पाथिभरा मिडिया ग्रुप सहित रवीको सहयोग

८ माघ २०७३, शनिबार ११:४५


अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार पाँचथर उद्योग वाणिज्य संघ तथा लाईन्स क्लब अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले मार्फत सहयोग रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार आईपुग्नु भएका अध्यक्ष काफ्ले सहितको टोलीले आगलागी क्षेत्रको अवलोकन पश्चात ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरी १ लाख ७० हजार रुपौया उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष तथा संक्रान्तिबजार अग्निपिडि राहत वितरण समितिका सदस्य प्रेम पैडेललाई हस्तान्तरण गर्नु भएको छ ।

सहयोग रकम पाथिभरा मिडिया ग्रुप प्रवासको अभियनमा संकलित १ लाख ५० हजार रुपौया र पाँचथर उद्योग वाणिज्य संघ रवि शाखाको अभियानबाट संकलित २० हजार रुपौया समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष काफ्लेले नेपालको बेरोजगारी समस्याबाट अम्किएर प्रवासमा विभिन्न दुःखका साथ कार्यरत प्रवासी नेपालीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै, यसले पिडितको दुःखमा मलमपट्टी गर्नमा सहयोग पु¥याउने उल्लेख गर्नु भयो । महाकालीमा चेट पर्दा मेचीलाई दुख्नु पर्ने भन्दै अध्यक्ष काफ्लेले संक्रान्तिबजारमा भएको आगलागी पिडितलाई सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले अग्निपिडित परिवारलाई उपलब्ध भएको राहत रकमले विस्थापित भएकाहरुलाई संक्रान्तिबजारमै स्थापित गर्न टेवा पुग्ने उल्लेख गर्दै आएको सहयोग पारर्दशी तवरबाट क्षतिको आधारमा वितरण गरिनु पर्ने बताउनु भयो । 

पाथिभरा मिडिया ग्रुपबाट संकलित रकम तेह्रथुम, आठराई क्षेत्र सहित विभिन्न जिल्लाहरुबाट वैदेशिक रोजगारीमा गएका ५३ जान समाजसेवी युवाहरुबाट सहयोग उपलब्ध भएको मिडिया ग्रुपका प्रवासी देव बास्कोटाले जानकारी दिनु भयो । 

मिडिया ग्रुपले संचालन गरेको अभियानमा पाँचथर घर भई हाल कतारमा रहेका सरोज चौलागाई, तेह्रथुम ईसिबु घर भई हाल मलेसिया रहेका तोया रेशन ढकाल, तेह्रथुम थोक्लुङ घर भई हाल मलेसिया रहेका प्रदिप चम्लागाई, तेह्रथुम जलजले घर भई हाल मलेसिया रहेका प्रदेशी सन्दिप पराजुली र पाँचथर एक्तिन घर भई हाल मलेसिया रहेका आदित्य खड्का लागायतले साथ दिनु भएको बताइएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह