महेन्द्र केसी पर्वत, खाने मुखलाई जुगाँले छेक्दैन भनेजस्तो यहाँका एक कृषकले आफ्नै पाखो पखरोमा अलैची खेती गरेर उदाहरणीय बनेका छन् । मानिसहरु विदेशमा नोट बोटमा फल्छ भनेजस्तो गरी विदेश भासिने क्रम जारी भैराखेको बेलामा भोक्सिङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत, खाने मुखलाई जुगाँले छेक्दैन भनेजस्तो यहाँका एक कृषकले आफ्नै पाखो पखरोमा अलैची खेती गरेर उदाहरणीय बनेका छन् । मानिसहरु विदेशमा नोट बोटमा फल्छ भनेजस्तो गरी विदेश भासिने क्रम जारी भैराखेको बेलामा भोक्सिङ"/>
२०८३, ११ जेष्ठ सोमबार
कृषि गतिबिधी

कोरियाबाट फर्केर आफ्नै वनपाखोमा अलैची खेती

२०७३, ९ माघ आईतवार ०५:१५

महेन्द्र केसी पर्वत, खाने मुखलाई जुगाँले छेक्दैन भनेजस्तो यहाँका एक कृषकले आफ्नै पाखो पखरोमा अलैची खेती गरेर उदाहरणीय बनेका छन् । मानिसहरु विदेशमा नोट बोटमा फल्छ भनेजस्तो गरी विदेश भासिने क्रम जारी भैराखेको बेलामा भोक्सिङका नारायण गुरुङ भने १० बर्ष कोरियामा बसी स्वदेशमानै फर्किएर अलैची खेतीमा व्यस्त बनेका छन् ।

कोरियामा लामो समय विताएका गुरुङले बाँझो जमिनमा २ करोडको लगानी गरेर अलैची खेती विस्तार गरेका छन् । अलैंची खेतीको लागि भोक्सिङको हावापानी राम्रो हुने थाहा पाएपछि उनले आफ्नो बाँझा रहेको खेतबारी र पाखापखेरोमा अलैची खेती गरेर हरियालीमय बनाएका छन् ।

कास्कीको ल्वाङ–घलेङबाट २० रुपैयाँ प्रतिगोटा विरुवा  खरिद गरि २ बर्ष अगाडीमात्रै उनले आफ्नो जमिनमा २ हजार ५ सय वटा अलैचीका  विरुवा रोपेर अलैंची खेती शुरु गरेको बताउँछन् ।

अलैंची खेतीको लागि उपयुक्त हावापानी भएको र बाँझो खेतीयोग्य जमिनको पनि सदुपयोग हुने सोचका साथ अलैची खेती गरेको उनको भनाई छ । १० बर्ष विदेशका कमाएको लगानी अलैची खेतीमा लगाएका उनले  उक्त खेतीबाट मनग्य आम्दानी गराउने सोच बनाएका  छन् ।

 सोचे अनुसार अलैची खेती राम्रो भएपछि उनी यतिबेला खुसि छन् । एक बर्षमा ३० मेट्रिक टन अलैंची उत्पादन गरेर १० करोड भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको उनी बताउँछन् । आफुले उत्पादन गरेको अलैची अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्य समेत राखेको उनी बताउँछन् ।

अलैची खेतीको लागि जिल्ला कृषि विकास कार्यालयबाट आवश्यक सल्लाह र सहयोग पाएको उनी बताउँछन् । कृषि विकास कार्यालयबाट आवश्यक साथ र सहयोगका साथै हौसला पाएकोले पनि अलैची खेतीमा आफू निकै लाभान्वीत हुनेमा निश्चिन्त रहेको बताउँछन् । जिल्ला कृषि विकास कार्यालय पर्वतबाट उनले अनुदानमा मेसिन, भट्टी निर्माण तथा समय–समयमा तालिम र परामर्श पाएको उनले सहारान्यूजलाई बताए । भोक्सिङ बहुउदेश्यीय सहकारी मार्फत भोक्सिङका स्थानीयबासीहरुले नीति तथा सामुदायिक बनमा अलैची खेती गर्नको लागि निकै जोस र जाँगर देखाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले भोक्सिङमा अलैची खेतीको लागि राम्रो सम्भावना रहेको बताए ।

करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलैंची खेती गर्मी र जाडोमा हुने दुई थरीका हुने भन्दै बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भोक्सिङमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत अलैची खेतीको लागि ब्लक निर्माण गर्ने तयारी भैराखेको बताए ।

व्यवसायी अलैची खेतीमा लागेका गुरुङ जिल्लाको पहिलो अलैची व्यवसायीक कृषक रहेको कृषि कार्यालयले जनाएको छ । चिसो र ओसिलो ठाउँमा हुने अलैची खेतीबाट मनग्य आम्दानी गर्ने सम्भावना रहनुका साथै बाँदर लाग्ने ठाउँमा समेत बाँदरले नखाने हुदाँ राम्रो नगदे बालीका रुपमा अलैची खेती विस्तार हुने सम्भावना देखिन्छ ।

अलैची खेतीतर्फ भोक्सिङका कृषकहरु समुह र व्यक्तिगत लगानीबाट व्यवसायीक अलैची कृषकका रुपमा लाग्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयको परामर्श र नगदे बालीका रुपमा रहेको अलैची खेतीको सम्भावना भोक्सिङमा देखिएसँगै स्थानीय कृषकहरु सामुहिक रुपमा अलैंची खेती तर्फ आकर्षित हुन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत जिल्लाका उत्तरी सेपिलो भेगतर्फ फर्किका कुर्घा, फलामखानी, धाइरिङ, पाङराङ, पकुवा, चित्रे, बाजुङ, भंगरा, बाच्छा, त्रिवेणी, हुवास, भुकताङ्ले लगायतका  भेगहरुमा अलैची खेतीको पकेट तथा ब्लक बनाउने सोचका साथ अगाडि बढि रहेको छ । कृषि विकास कार्यालय पर्वतले २ बर्ष अगाडिबाट मात्रै अलैची खेतीको लागि कार्यक्रमहरु ल्याएको जनाएको छ । गत बर्ष ६० हजार विरुवा वितरण गरेको कार्यालयले यस बर्ष भने भोक्सिङमा रहेको नर्सरीबाट उत्पादन भएका विरुवा वितरण गर्ने सोच बनाएको छ । गत बर्ष कार्यालयले ठूलीपोखरी, फलामखानी, पकुवा, कुर्घाका उत्तरी बेल्डका कृषकहरुलाई अलैचीका विरुवा वितरण गरेको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत जिल्लामा २० पकेट, २ वटा तरकारी र सुन्तलाको ब्लब र एक मकैको जोन बन्नेछ । नगदे बालीका रुपमा रहेको अलैंचीको बजार मुल्य प्रति किलो रु.१ हजार ८ सयदेखि २ हजार १ सय सम्म रहेको पाइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा