माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।&nb"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला भलिबल प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक राशीको पुरस्कार वितरण

९ माघ २०७३, आईतवार ०८:४४


माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । 

उक्त प्रतियोगितामा एपीएफ क्लब, आर्मी क्लब, नेपाल प्रहरी क्लब, रिड मोडेल कलेज, न्यु डाइमण्ड ए/बि, ढोरपाटन क्लब, चण्डेश्वरी क्लब र विजयश्वेरी  निमावि गरि १० टिमको सहभागिता थियो ।

प्रतियोगिता पुस २३ गते सुरु भइ माघ ८ गते २ हप्तामा सम्पन्न भएको हो । रिड मोडेल टिमले प्रथम स्थान हासिल गरि रु. ३,२०,००० (तिन लाख बिस हजार) नगदसहित रनिङ कप, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै एपीएफ क्लबले दोश्रो स्थान हासिल गरि रु. १,६०,००० (एक लाख साठी हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।  त्यस्तै न्यू डाइमण्ड एकेडेमी टिमले तेश्रो स्थान हासिल गरि रु. ७५,००० (पचहत्तर हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट महिला भलिबल खेलाडीहरु ढोरपाटन क्लबकी तारा भण्डारी ‘राइजिङ प्लेयर’, नेपाल प्रहरीकी कामना बिष्ट ‘प्लेयर अफ द सिरिज’, एपीएफ क्लबकी सरस्वती चौधरी ‘बर्ष खेलाडी’, न्यु डाइमण्ड एकेडेमीकी प्रतिभा माली ‘ग्रेट अचिभमेन्ट प्लेयर’ र रिड कलेजकी मिनी मलले ‘बेस्ट प्लेयर’ अवार्ड पाएका छन् । यी पाँचै टिमका उत्कृष्ट खेलाडीहरुले टिभिएस ब्रान्डका स्कुटर प्राप्त गरेका छन् ।

त्यस्तै न्यु डाइमण्ड एकेडेमीकी ललिता नाटले ‘बेस्ट क्विकर’, रिड मोडेलकी निर्मलले ‘बेस्ट स्पाइकर’, रिड मोडेलकै तेरिनले ‘बेस्ट लिफ्टर’, एपीएफकी नेबिका चौधरीले ‘बेस्ट सर्भर’, एपीएफकै उषा बिस्टले ‘बेस्ट ब्लकर’ र  पश्चिमाञ्चलकी एमकलि कुँवरले ‘बेस्ट डिफेन्स’ अवार्ड जितेकी छनु । बेस्ट अवार्ड बिजेताहरुले जनही रु. ५,००० (पाँच हजार) नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

आयोजक ढोरपाटन  क्लबका महासचिब देवेन्द्र कुमार घर्तिमगरले भने, ‘यो नेपालमा भलिबलको इतिहासमै प्रथम पटक सबै भन्दा ठूलो राशीको पुरस्कार वितरण गरेको प्रतियोगिता हो । पुरुष भलिबल प्रतियोगितामा समेत यति ठूलो पुरस्कार राशी वितरण भएको छैन ।

यो आयोजना सफल पार्न आर्थिक र नैतिक सहयोग गर्ने प्रायोजक कम्पनीहरु ब्लु स्काई म्यान पावर, टिभिएस स्कुटर, विभिन्न संघ सस्थाहरु, राजनीतिज्ञ, पत्रकार, सुरक्षाकर्मी, आयोजक मित्रहरु, रेफ्री साथीहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै आगमी दिनहरुमा पनि हामीलाई यसरी नै सहयोग गर्नुहुनेछ भनि अपेक्षा राख्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे