२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुपाल्चोकका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै

१० माघ २०७३, सोमबार १२:३१

माघ १०, मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् । 

कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बन्नुभएको छ । दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उहाँले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेकोे बताउनुभयो । 

प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उहाँको भनाइ छ । पराजुलीले अहिले दुई रोपनी जग्गामा प्याजको बेर्ना लगाउनुभएको छ । विगत २० वर्षदेखि मेलम्ची बजारको आमाह्याल्मो चोकमा डोकामा प्याजको बेर्ना ल्याएर व्यापार शुरु गर्नुभएका अहिले उहाँको वार्षिक आम्दानी रु एक लाखभन्दा बढी छ । 

बेर्नासँगै आफूले गर्दै आएको जुनार खेती र महको व्यापारले जीविकोपार्जनलाई थप टेवा पुगेको पराजुलीले बताउनुभयो । 

समय समयमा जिल्ला कृषि विकास कार्यालयले किसानका लागि क्षमता अभिवृद्धि तथा विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेर उत्प्रेरणा दिने गरेकाले पनि आफूहरुलाई कृषि पेसामा रम्न सहज भएको यहाँका किसान बताउँछन् । 

बाह्र वर्षदेखि कृषि पेसामा आबद्ध मेलाम्ची–१२, बगुवाका किसान लेखनाथ खतिवडा पनि जिल्लाको उत्कृष्ट किसानका रुपमा परिचित हुनुहुन्छ । 

कुनै बेला उत्पादन नहुँदा आजित भएर भारतको कार्गिल छिरेका खतिवडा नेपाल फर्केपछि जाइकाले कृषिका लागि अभिप्रेरित गर्न निःशुल्क तालिम र टिडी फार्म सञ्चालन गर्न सिकाएपछि अहिले मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । 

जिल्ला कृषि विकास कार्यालयबाट पटक पटक सम्मान तथा पुरस्कारले कृषिमा लगाव र हौसला मिलेको खतिवडाले बताउनुभयो । 

जिल्लाको उत्कृष्ट कृषकका रुपमा परिचित खतिवडाले वार्षिक रु पाँच लाख बढी आम्दानी गर्नुहुन्छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उहाँले राम्रो गर्न सफल हुनुभएको हो । 

घरदेखि नजिकै रहेको मेलम्ची बजारमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएका खतिवडा सिङ्गो गाउँको नमुना कृषक बन्नुभएको छ । तालिमलिएपछि व्यावसायिकरुपले कृषि पेसामा लाग्नुभएका खतिवडाबाट सिकेर सिङ्गो गाउँ नै यो पेसामा आकर्षित भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य