१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

डाक्टरको सरुवा रोक्न स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

१० माघ २०७३, सोमबार १४:३४

अमृत बास्तोला/माघ १०, तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका डाक्टर चुमनलाल दासको सरुवा प्रक्रिया रोक्नका लागी जिल्लाका डेढ दर्जन बढि संघ सस्थाहरुले माग गरेका छन् । 

जिल्ला अस्पतालका लागी अति आवश्यक डाक्टर दासलाई राजनैतिक ईगोका कारण मन्त्रालयले सरुवा गरेको भन्दै जिल्लाका २० वटा संस्थाहरुले सरुवा सच्याउन स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन । 

डाक्टर दासले जिल्ला आएको एक वर्ष नबित्तै उल्लेखनिय कार्य गरेकाले त्यसलाई निरन्तरता दिनका लागी डाक्टर दासलाई तेह्रथुम मै काम गर्ने वातावरण सिर्जना गर्नका लागी सरोकारवाला संस्थाहरुले जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य मन्त्री समक्ष सोमबार ज्ञापन पत्र बुझाएका हुन । 

डाक्टर दासले लामो समय सम्म रोकिएको भिडियो एक्स–रे सञ्चालनमा ल्याउदै अस्पतालको सरसफाईमा समेत ध्यान दिएको, चौबिसै घण्टा औषधी पाउने व्यावस्था गरेको, अस्पतालको क्षमता बढाई ५० शैयाको क्षमता लागायतको उल्लेख्य कार्य गरेकोले यस्तो महत्वपुर्ण कार्य अरु डाक्टर बाट सम्भव नभएको भन्दै सरुवा प्रक्रिया रोक्न आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ । 

यस अघि जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गत माघ ५ गते नरमाया श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सरोकार मञ्च गठन गरेको थियो । तेह्रथुम जिल्लामा जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी २९ वटा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह