माघ १५ । डडेल्धुरा । सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, अछाम लगायतका जिल्लामा वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको डडेल्धुरा कृषि कार्यालयले जनाएको छ । देशभरि पानी परेकाले हिउँदे बालीको उत्पादन समेत बढ्ने संकेत मिलेको छ । गहुँ, जौ, मुसुरो तथा तरकारीबालीको लागि अहिलेको वर्षा निकै फाइदाजनक भएको छ । यस्तै घाँसेबालीलाई समेत सिंचाई पुग्ने भएकाले पशुपालक किसानलाई पनि वर्षाले फाइदा र्पुयाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातले जनजीवन कष्टकर बनाएपनि त्यहाँ लगाइने बाली तथा तरकारीका लागि भने हिमपातले सिंचाईको काम गरेको छ । हिउँदमा खोलानाला सुक्ने भएकाले बालीनालीलाई वर्षा र हिमपात नै सिंचाईको मुख्य आधार मान्ने गरिन्छ ।