१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विद्यार्थी नहुँदा सङ्कटमा तेह्रथुमका सामुदायिक विद्यालय

१७ माघ २०७३, सोमबार ०५:५७

माघ १७, तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । 

विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन् । कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा गत शैक्षिक सत्रमा १७ जना विद्यार्थी थिए । विद्यालयमुनिको एक गाउँका करिब १२ परिवारले यही वर्ष गाउँ छाडे, प्रधानाध्यापक वुद्धि निरौलाले भन्नुभयो– धेरै बच्चा त्यही बस्तीका थिए, बाँकी विद्यालयमाथिका केही बच्चा पनि अङ्ग्रेजी माध्यमको खोजीमा बोर्डिङ भर्ना भएपछि कोही पनि भर्ना हुन आएनन् । 

उता थोक्लुङ–७, कर्कलेको सिंहवाहिनी प्राविमा पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या शून्य जस्तै भएको शिक्षिका उमादेवी गोलेले बताउनु भयो । गत शैक्षिक सत्रमा सात विद्यार्थी रहेको सो विद्यालयमा अहिले घटेर एक जना मात्र भर्ना भएका छन् । 

सदरमुकाम म्याङलुङ नजिकै हलिमेलामा रहेको जनता प्राविमा पनि यो वर्ष कोही पनि विद्यार्थी भर्ना हुन आएनन् । दुई वर्षअघि नै बन्द हुन लागेको विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेपछि विद्यार्थी बढेका थिए, प्रधानाध्यापक उद्धव लामिछानेले भन्नुभयो– तर यो वर्ष निजी विद्यालयले सवारी सुविधा थपेर सबै विद्यार्थी सदरमुकाम नै ताने । 

कक्षा–३ सम्म पढाइ हुने सो विद्यालयका ३५ बढी विद्यार्थी अहिले सदरमुकामका बोर्डिङमा पढ्छन् । लालीगुराँस नगरपालिका–३ को सिंहदेवी प्राविमा पनि यो शैक्षिक सत्रमा पाँच जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै म्याङलुङको आदर्श प्रावि, ओख्रेको भारती प्रावि र तम्फुलाको जलकन्या प्राविमा पनि विद्यार्थी सङ्ख्या १० भन्दा कम छ । 

जिल्लामा १५० बढी प्राथमिक विद्यालय छन् । तर तीमध्ये अधिकांश विद्यालयमा ५० जनाभन्दा बढी विद्यार्थी छैनन् । यस्तै जिल्लाका ३० बढी निमाविमध्ये १०० भन्दा बढी विद्यार्थी भएका विद्यालय कम मात्रै छन् । जिल्लामा पछिल्ला वर्षमा अङ्ग्रेजी माध्यमको आकर्षण र सामुदायिक विद्यालयको गिर्दो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमको शिक्षा सुरु भएका विद्यालयमा भने विद्यार्थी सङ्ख्या उति धेरै घटेको पाइँदैन । 

कतिपय सामुदायिक विद्यालयका शिक्षक आफ्नो पेसाप्रति त्यति धेरै उत्तरदायी भएको पाइँदैन । बरु सामुदायिक विद्यालयकै शिक्षकको अगुवाइमा जिल्लामा केही निजी विद्यालय खोलिएका छन् । अझ कतिपय सामुदायिक विद्यालयका शिक्षकका नानीहरु नै बोर्डिङमा पढिरहेका छन् । 

राज्यले अर्बौं रुपैयाँ शैक्षिक क्षेत्रमा लगानी गरे पनि अभिभावक भने कमजोर भौतिक पूर्वाधार, अर्धदक्ष शिक्षक र महँगो शुल्कका बीच राम्रो नतिजाका लागि निजी विद्यालय नै धाउन बाध्य छन् । 

सामुदायिक विद्यालयमा खस्कँदो नतिजा तथा समय र माग अनुसारको शिक्षा प्रदान गर्ने वातावरण बनाउन नसक्दा विद्यार्थी सङ्ख्या घट्दै गएको विद्यालय व्यवस्थापन समिति सङ्घका जिल्ला अध्यक्ष अर्जुन तुम्बाहाम्फे बताउनुहुन्छ । 

गत शैक्षिक सत्रमा पनि जिशिकाले थोक्लुङको मिलन प्रावि, ओयाक्जुङको दिपलहर प्रावि, तम्फुलाको श्रीजंगा प्रावि, सम्दुको विद्या प्रावि, म्याङलुङको कालिका प्रावि, तम्फुलाको लक्ष्मी प्रावि र सुङनामको जनता प्रावि तथा सोल्माको सिंहदेवी प्रावि पूर्णरुपमा बन्द गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह