2026-09-12 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मुसहर बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

माघ १९, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पहिलोपटक औषधिसहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

मङ्गलबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सो समुदायका १२५ जनाले स्वास्थ्य परीक्षण गराए । 

पछिल्लो तीन दिनयतादेखि तराईमा बढेको कठ्याङग्रिँदो जाडोले गर्दा स्थानीयको जनजीवन कष्टकर भएपछि रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा राकेश यादवको टोली बस्तीमा पुगेको थियो । 

सो शिविरमा न्यानो स्पर्श, बर्दिबास अस्पताल र जनसेवा हस्पिटल बर्दिवासले स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधि उपलब्ध गराएका थिए भने ४० प्रकारका औषधि स्वास्थ्य परीक्षण गरेर वितरण गरिएको बर्दिवास सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेनले बताउनुभयो । 

वैशाखसम्म चल्ने सो बस्तीको निर्माण कार्य अवधिभरमा हप्तामा एक दिन मुसहर बस्तीमा निःशुल्क औषधि र स्वास्थ्य परीक्षणका लागि डाक्टर पठाउने व्यवस्था मिलाइएको बर्दिवास सरकारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विधानचन्द्र झाले बताउनुभयो । 

करिब ६७ वर्षदेखि बर्दिवासमा बसोबास गर्दै आएका सो मुसहरको बस्तीमै स्वास्थ्यकर्मी पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेर निःशुल्क औषधि वितरण गरेको यो पहिलोपटक भएको सामाजिक अभियन्ता एवम् पत्रकार राजकरण महतोले बताउनुभयो । 

स्वास्थ्य उपचारपछि चिसोमा ज्यान जोगाउन सहज हुने भन्दै मुसहर हर्षित भएको महतोले प्रतिक्रिया दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस