प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।&n"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका एक युवाले कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय

२० माघ २०७३, बिहीबार ०६:१०


प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका  ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५/२० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दुध संकलन हुने गरेको छ । उक्त दुधबाट उनलले दहि पनीर , छुर्पी घिउ , कुरौनी बनाएर विभिन्न स्थानका वजारमा बेच्ने गरेका छन् ।

पन्थले भने–‘ ५ वर्ष सम्म कोरियामा मजदुर गरियो ,  फिक्सर भिसामा गए पनि पछि सिक्दै जाँदा पानी जाहजमा काम गर्न सुरु गरेको थिएँ तलव महिनाको २ लाख भन्दा बढि थियो ।  यसो घर आएर बुझे त्यतिनै मेहनत गर्ने हो भने त गाउँ मै  पनि  कमाउर्न  सकिन्छ भन्ने लागेर यो व्यवसाय  सुरु गरेको हुँ । ’

उनले अहिले मासिक ८० हजार देखि  १ लाख सम्म आम्दानी हुने गरेको बताए । ईनोभेशन च्यालेञ्ज–२०१५ को नोमिनेशनमा जिल्लाका १० उत्कृष्ट उद्यमीमा परेका पन्थले ‘ नजाऔं अव खाडीमा, खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै बारीमा ’ भन्ने अभियान सञ्चालन गरेका छन् ।


आगमी दिनमा आईसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले बैदेशिक रोजगारीमा  जाने रकम  कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाई यहि हुने बताउँदै युवाहरुलाई वैदेशिक रोजगारमा नजान सुझाव दिन्छन् । 

जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य  संघ संस्थाले पनि प्रोत्साहित गरेका छन् । किशानका लागि उन्नत विउ विजन कार्यक्रमले उनलाई यस वर्ष १० लाख रुपैयाँ अनुदान दिने समेत भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन