2026-11-02 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जंगली जनावरबाट कञ्चनपुरका किसान हैरान, सम्वन्धित निकाय मौन

विमल धामी/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीहरुमा जंगली बदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बाली नाली नोक्सान गरेको छ । 

नेपाली सेनाको ब्यारेक नजिकै रहेको आरक्ष किनारहरुका खेतमा भएको बाली नाली नोक्सान गर्दै आएको बेल्डाँडीका किसान मदन भट्टले जानकारी गराउनु भयो । 

उनले भने “ हामीले कुनै पनि खेती लगाउन जस्तो भएको छैन्, नलगाउदा पनि सुक्क छैन्, लगाएको खेति राम्रो संग कहिलै भित्र्याउन पाउदैनौ विगत लामो समय देखि जंगली जनावरले हामी किसानहरुको लागाएको खेती नोक्सान गर्दै आएको खवर सम्वन्धित निकायमा पुर्याउदा समेत सरोकारवाला निकायले बेवास्था गरिदिएको छ ।” 

हामी पिडित किसानको पिडा बुझिदिने कोही पनि छैन् भन्ने गुनोसा सुनाउनु भयो । अफ्नो खेतमा लगाएको मसुरो खेति तिर देखाउदै भने यो हाम्रो जंगली जनावरले खनेको हो या डोजर लगाएको हो आफै हेरिदिनुस् । हामी त यो आरक्षलाई देखाउदा देखाउदा थाकित भएकाछौँ भन्नु भयो । यस क्षेत्र तिर तारवार जाली लगाई दिए किसाहरुको अलि कति समस्या टर्ने उनको भनाई रहेको छ ।

आरक्ष संग जोडिएका बस्तीहरुमा लगाएको खेतीबाली जंगली जनावरले खाईदिने हुनाले किसानको जमिनको हिसावले क्षतिपुर्ती दिर्नु पर्ने किसानले माग गरेका छन् । १ बर्षमा सामान्य २ खेती गर्न सकिन्छ । २ खेतीको सरकारले क्षतिपुर्ती दिने सिस्टम हुनुपर्नेमा जोड रहेको छ । स्थानिय नागरिकले पालेका पाल्तु जनावर रस्सी तोडेर आरक्षमा जादा ५सय देखि १ हजार सम्म तिुर्न पर्ने, आरक्षका जनावरहरु किसानको लगाएको वाली नोक्सान गर्दा किसानले क्षतिपुर्ती नपाउनु विडम्वना रहेको छ । सरोकार वाला निकायले यसमा गम्भिर हुनुपर्नेमा स्थानियको जोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द