माघ २३, वीरगन्ज | प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । 

बारा जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, वीरगन्ज | प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । 

बारा जिल्ला"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रधानमन्त्रीको कृषि आधुनिकीकरण परियोजनाबाट किसान हर्षित

२३ माघ २०७३, आईतवार ०५:५०

माघ २३, वीरगन्ज | प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । 

बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस क्षेत्रका सिमरौनगढ नगरपालिका, बचोरबा, भगवानपुर, बेलैनी तथा पेतबारी गाविसको एक हजार हेक्टर क्षेत्रफलमा माछापोखरी खन्ने काम सुरु गरेको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताउनुभयो । 

मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ । त्यस्तै ३० कट्ठा जग्गामा रु तीन लाखको दरले अनुदान दिइन्छ । सोही कार्यक्रमअन्तर्गत प्राकृतिक मल कारखाना, कृषि कलेज स्थापना, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, कस्टम हाइरिङ सेन्टर र जैविक विषादी केन्द्र स्थापना गर्ने लक्ष्य छ । 

नौ सय ५० हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण, ५० हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना तथा माछाको ह्याचरी स्थापना गर्ने लक्ष्य छ । सरकारले मुलुकका सात प्रदेशमा सात उत्कृष्ट क्षेत्र कार्यक्रम स्थापना गर्ने लक्ष्यअनुरुप बारामा पनि सो कार्यक्रम सञ्चालन गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह