२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा बँदेलको आतंक

२३ माघ २०७३, आईतवार ०८:५६

कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ । 

निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पु¥याएको हो । 

दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ र मसुरो खानुका साथै खेतबारी फाँडेर नोक्सानी पु¥याएको बेलडाँडीका किसान मदनराज भट्टले बताउनुभयो । 

वर्षमा दुई पटक मात्रै खेतमा बाली लगाउँछौं उहाँले भन्नुभयो, “सबै बाली निकुञ्जका संरक्षित जनावरले खाएर सखाप पार्ने गरेकाले परिवार पाल्नका लागि मजदुरी गर्नु परेको छ ।” अन्न फलाउनका लागि प्रर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरिद गरेर परिवार पाल्नुपरेको उहाँको गुनासो छ । 

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीमा बँदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको छ । 

बेदकोट नगरपालिकाका चम्फापुरका किसान प्रकाश राना समेत निकुञ्जबाट खेतमा छिर्ने बँदेल, चितल र निलगाईले गहुँबालीका नोक्सानी पु¥याउँदै आएको बताउनुहुन्छ । 

रानाका परिवारले खेतमै बनाइएको मचानमा रातभर पालैपालौ मिलाएर जनावर भगाउने गरेका छन् । एकथरी जनाबर भगायो अर्कोथरीले खेतमा छिरेर नोक्सानी पु¥याउने गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका झन्डै दुई दर्जन बढी किसानको तीन बिगा बढी खेतमा जङ्गली जनावरले गहुँबालीमा नोक्सानी पु¥याएको छ । यसैगरी, झलारी पिपलाडी नगरपालिका– ३ पिपलाडीका किसानको खेतमा समेत बँदेलले दिउँसै नोक्सानी गर्दै आएको स्थानीय मनराखु चौधरीले बताउनुभयो । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने यहाँका किसानको माग छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य