तेह्रथुमका दलित युवालाई निःशुल्क तालिमसहित सिलाई मिसिन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।

दलित समुदायलाई सिप विकासकोलागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा कपाडा सिउने १५ थान मिसिन हस्तानतरण गरिएको हो । आठराई क्षेत्रका विभिन्न गाविसमा रहेका ३० जना युवाहरुले सिलाई कटाई सम्बन्धी तालिम लिई आत्मनिर्भर बन्ने भएका छन् ।

नेपाल सरकार स्थित संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा संचालित तालिममा २८ जना महिला सहित २ जना पुरुष मात्र सहभागी भएका छन् ।

सिलाई मिसिन तालिम पश्चात सहभागिहरुको समुह निर्माण गरि समुहको स्वामित्वोमा रहेने भएको छ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका उपाध्यक्ष मुक्तबहादुर महतेले तालिमाबाट सिकेका सिपलाई आयमूलाक क्षेत्रमा विकास गरि व्यावसायिक बन्नु पर्ने बताउनु भयो । सिप सिक्ने प्रक्रिया निरन्तर चल्ने भएकाले दलितहरुको सशक्तिकरणमा यसले सहयेग पु¥याउने महतेले उल्लेख गर्नु भयो ।

उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली काँग्रेस संक्रान्तिबजारका सभापति भेलानाथ काफ्ले, नेकपा एमालेका प्रतिनिधि एवम् उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेकपा माओवादीका चिन्तन बराल, संक्रान्तिबजार स्रोतकेन्द्रका स्रोत व्याक्ति नन्दलाल दर्नाल र ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुखले शुभकामना मन्तव्य राख्दै अर्थतन्त्र संग जोडिने जीवनपयोगी सिपलाई सहभागिले व्यावसायिक बाटोमा रुपान्तरण गर्नु पर्नेमा जोड दिएकाछन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply