2026-09-08 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि रजत मोत्सव

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” मंगलबारबाट सुरु भएको छ । 

“गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थकता बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले तय गरेको हो । 

महोत्सव विभिन्न जातिहरुको साँस्कृतिक झाँकीका साथमा जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेल २५ वटा पानसको बत्तिमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको छ ।

समारोहमा विद्यालयका प्रधानाध्यापक जयप्रकाश ईङनामले विद्यालयको स्थापना कालदेखि वर्तमान सम्मको शैक्षिक, भौतिक र आर्थिक अवस्था सहितको  प्रगती प्रतिवेदन पेस गुर्न थियो । सोही अवसरमा विद्यालयका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको छ ।

महोत्सवलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी पोख्रेलले सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुको संस्या घट्दै गएकाले परामपरागत शैलिबाट भन्दा आधुनिक प्रविधि सहितको शिक्षामा सबै विद्यालयहरुले पठनपाठन गर्नुपर्ने उल्लेख गर्नु भयो । गुणस्तरीय र व्यावहारीक शिक्षा अहिलेको आवश्यकता भएकाले यसलाई सार्थकता बनाउन प्रविधियुक्त शिक्षा व्यावस्थापन भएमात्र शैक्षिक जगतमा परिर्वतन आउने जिल्ला शिक्षा अधिकारी पोख्रेलले बताउनु भयो । 

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामको सभापतिमा संचालित समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले सफलताको शुभकामना राखेका थिए ।

२०४८ सालमा स्थापित विद्यालयले आयोजना गरेको कार्यक्रमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन् । रजत महोत्सव पाँच दिन सम्म संचालन हुने विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित