2026-10-28 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र वम्घा वलेटक्सारको अधिवेशन सम्पन्न

माघ २९, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

‘गाउँ गाउ घर घरमा जाऔं माओवादी केन्द्रलाई जिताऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वम्घा वलेटक्सार वडा भेला तथा अधिवेशनको माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तथा क्षेत्र नम्वर २ का संयोजक बुद्धि जिसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले यस अघिको चुनावमा  विजुली चोरेको पैसाले भोट किनेर कतिपय नेताले जितेको आरोप लगाए ।

‘विजुली चोरहरु कसरी राष्ट्रवादी ?’

नेता जिसीले प्रति प्रश्न गर्दै भने–‘ जसले महाकालि बेच्यो , जसले  राजनैतिक आवरणमा विजुली चोरहरुलाई विद्युत प्राधिकरणमा भर्ति ग¥यो र विजुली चोर्न लगायो अनि त्यसको कमिशनबाट आएको रकमले चुनावमा भोट किनेर चुनाव जित्यो त्यो कसरी राष्ट्रवादी बन्यो ?’

आखिर यहि विद्युतले काठमाण्डौ, पोखरा चितवन जस्ता ठुला औद्यौगिक शहरहरुमा लोडसेडिङ्ग मुक्त शहर बनाउन सकिदो रहेछ जुन प्रचण्ड नेतृत्वको सरकारले गराएर देखायो  , यहि गुल्मीमा पनि लगतार चौविस पच्चीस  घण्टा सम्म लोड सेडिङ्ग हुन्थ्यो अहिले छैन विजुली चोरेर पैसा कमाउने र चुनावमा खर्च गरिदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि ’ उनको यस्तो आरोप थियो–‘विजुली चोरहरु त्यसको पोल खुले पछि नक्कली राष्टवादको कुरा गरेर माओवादी संग रिस फेर्न चाहेका छन् । ’

उनले  विपक्षीलाई यस्तो पनि आरोप लगाए मोटर वाटो जनताको अधिकार हो,  खाने पानी जनताको अधिकार हो तर तपाईहरु किन हाम्रो पार्टीले ल्याए दिएको विकास निर्माण हो भन्दै र सय  पचास  मिटर पाईप बाँड्दै जनतालाई वेवकुफ बनाउँदै हुनु हुन्छ त्यो त सरकारलै नै उपलव्ध गराएको कुरा हो ।’ 

  कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य  तथा रुरु संस्कृत क्याम्पस, रिडीका उप प्राध्यापक खगेन्द्र गौतम, वाईसियल जिल्ला अध्यक्ष ताराबहादुर राना (प्रवल), अनेम संघ ( क्रान्तिकारीकी जिल्ला कोषाध्यक्ष सुचना ठटराई, प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, श्रृङ्गीश्वर बहमुखी क्याम्पस रानीवास मुल ईकाई कमिटीका अध्यक्ष किशन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

वन्द सत्र पछि अहिले वम्घा र वलेटक्सार  दुवै वडाको बन्द सत्र चलि रहेको र वन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने आयोजक कमिटी संयोजक वलेटक्सार अधिवेशन आयोजक कमिटी संयोजक शिव शर्माले जानकारी दिए ।

वम्वघा वलेटक्सार संयुक्त भेला तथा अधिवेशन आयोजक कमिटी संयोजक हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वलेटक्सारका संयोजक शिव शर्माको स्वागत मन्तव्य र  कार्यक्रमको सञ्चालन  जिल्ला कमिटी सदस्य तथा वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद पौड्यालले गरेका थिए ।

यसै विच आजै नेकपा माओवादी केन्द्र ठुलोलुम्पेकमा केन्द्रिय कार्यालय सदस्य डिलाराम आर्चायको प्रमुख आथित्यतामा अधिवेशन चलिरहेको प्रचार विभाग प्रमुख युवाराज केसीले दिए ।

उनका अनुसार आजै अर्वेनीमा पोलिटव्युरो सदस्य सुदर्शन वरालको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।  त्यस्तै जुभुङ्गमा क्षेत्रिय संयोजक अशोक थापा मुक्तीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।

भनभनेमा पोलिटव्यरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको र नयाँ कार्य समिति भोली सार्वजानिक गरिने प्रचार विभाग प्रमुख केसीले जनाएका छन् ।

अन्य पार्टी बाट माओवादीमा प्रवेश

यसै विच वम्घा बलेटक्सार अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वलेटक्सारमा नेकपा एमाले परित्याग गरी जिवन शाही , जितबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ,  विष्णु ज्ञवाली ६० जना नेकपा माओवादीमा प्रवेश गरेको वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायणप्रसाद ज्ञवालीले जनाएका छन् ।

 त्यस्तै रिमुवाबाट अनिले बस्नेत , कृष्ण पल्ली मुक्त पल्लीका युवाहरुको नेतृत्वमा वडा नम्वर १ का ५५ घरधुरी जनता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको  सो पार्टीले जनाएको छ । त्यस्तै वम्घामा त्रिलोचन कुँवरको अध्यक्षतामा २५  जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 त्यस्तै माओवादीबाट चुनाव ताका नेकपा एमालेमा प्रवेश गरेको बताईएका  नेकपा एमालेमा वम्घाका मधु कुँवर र लेखनाथ गौतम लगायतका दर्जनौ युवाहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य बुद्धि जिसीले अविर  पहिराउँदै पार्टीमा स्वागत गरेका थिए । घनश्याम खरेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला