घनश्याम खरेल | फागुन –१, गुल्मी ।  नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

घनश्याम खरेल | फागुन –१, गुल्मी ।  नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भए"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र वम्घा वलेटक्सारको अधिवेशन सम्पन्न

२०७३, १ फाल्गुन आईतवार ०७:४६


घनश्याम खरेल | फागुन –१, गुल्मी ।  नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

‘गाउँ गाउ घर घरमा जाऔं, माओवादी केन्द्रलाई जिताऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वम्घा वलेटक्सार वडा भेला तथा अधिवेशनको माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तथा क्षेत्र नम्वर २ का संयोजक बुद्धि जिसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले यस अघिको चुनावमा  विजुली चोरेको पैसाले भोट किनेर कतिपय नेताले जितेको आरोप लगाए ।


‘विजुली चोरहरु कसरी राष्ट्रवादी ?’

नेता जिसीले प्रति प्रश्न गर्दै भने–‘ जसले महाकालि बेच्यो, जसले राजनैतिक आवरणमा विजुली चोरहरुलाई विद्युत प्राधिकरणमा भर्ति गर्यो र विजुली चोर्न लगायो अनि त्यसको कमिशनबाट आएको रकमले चुनावमा भोट किनेर चुनाव जित्यो त्यो कसरी राष्ट्रवादी बन्यो ?’

आखिर यहि विद्युतले काठमाण्डौ , पोखरा चितवन जस्ता ठुला औद्यौगिक शहरहरुमा लोडसेडिङ्ग मुक्त शहर बनाउन सकिदो रहेछ जुन प्रचण्ड नेतृत्वको सरकारले गराएर देखायो  , यहि गुल्मीमा पनि लगतार चौविस पच्चीस  घण्टा सम्म लोड सेडिङ्ग हुन्थ्यो अहिले छैन विजुली चोरेर पैसा कमाउने र चुनावमा खर्च गरिदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि ’ उनको यस्तो आरोप थियो–‘विजुली चोरहरु त्यसको पोल खुले पछि नक्कली राष्टवादको कुरा गरेर माओवादी संग रिस फेर्न चाहेका छन् । ’


उनले  विपक्षीलाई यस्तो पनि आरोप लगाए   मोटर वाटो जनताको अधिकार हो ,  खाने पानी जनताको अधिकार हो तर तपाईहरु किन हाम्रो पार्टीले ल्याए दिएको विकास निर्माण हो भन्दै र सय  पचास  मिटर पाईप बाँड्दै जनतालाई वेवकुफ बनाउँदै हुनु हुन्छ त्यो त सरकारलै नै उपलव्ध गराएको कुरा हो ।’   

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली , नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य  तथा रुरु संस्कृत क्याम्पस, रिडीका उप प्राध्यापक खगेन्द्र गौतम , वाईसियल जिल्ला अध्यक्ष ताराबहादुर राना ( प्रवल ), अनेम संघ ( क्रान्तिकारीकी जिल्ला कोषाध्यक्ष सुचना ठटराई , प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार , श्रृङ्गीश्वर बहमुखी क्याम्पस रानीवास मुल ईकाई कमिटीका अध्यक्ष किशन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

वम्वघा वलेटक्सार संयुक्त भेला तथा अधिवेशन आयोजक कमिटी संयोजक हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वलेटक्सारका संयोजक शिव शर्माको स्वागत मन्तव्य र  कार्यक्रमको सञ्चालन  जिल्ला कमिटी सदस्य तथा वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद पौड्यालले गरेका थिए ।

यसै विच आजै नेकपा माओवादी केन्द्र ठुलोलुम्पेकमा केन्द्रिय कार्यालय सदस्य डिलाराम आर्चायको प्रमुख आथित्यतामा अधिवेशन चलिरहेको प्रचार विभाग प्रमुख युवाराज केसीले दिए ।

उनका अनुसार आजै अर्वेनीमा पोलिटव्युरो सदस्य सुदर्शन वरालको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।  त्यस्तै जुभुङ्गमा क्षेत्रिय संयोजक अशोक थापा मुक्तीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।

भनभनेमा पोलिटव्यरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको र नयाँ कार्य समिति भोली सार्वजानिक गरिने प्रचार विभाग प्रमुख केसीले जनाएका छन् ।

अन्य पार्टीबाट माओवादीमा प्रवेश


यसै विच वम्घा बलेटक्सार अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वलेटक्सारमा विभिन्न पार्टी परित्याग गरी जिवन शाही , जितबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ,  विष्णु ज्ञवाली ६० जना नेकपा माओवादीमा प्रवेश गरेको वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायणप्रसाद ज्ञवालीले जनाएका छन् ।

त्यस्तै रिमुवाबाट अनिले बस्नेत , कृष्ण पल्ली मुक्त पल्लीका युवाहरुको नेतृत्वमा वडा नम्वर १ का ५५ घरधुरी जनता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको  सो पार्टीले जनाएको छ । त्यस्तै वम्घामा त्रिलोचन कुँवरको अध्यक्षतामा २५  जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादीबाट चुनाव ताका नेकपा एमालेमा प्रवेश गरेको बताईएका  वम्घाका मधु कुँवर र लेखनाथ गौतम लगायतका दर्जनौ युवाहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य बुद्धि जिसीले अविर  पहिराउँदै पार्टीमा स्वागत गरेका थिए ।

अध्यक्षमा वम्घामा ज्ञवाली, वलेटक्सारमा पौड्याल

नेकपा माओवादी केन्द्र गुल्मी वम्घाको अध्यक्षमा हरिप्रसाद ज्ञवाली चयन भएका छन् भने वलेटक्सारमा नारायणप्रसाद पौड्याल अध्यक्षमा  सर्वसम्मत विजयी भएका छन् ।

हिजो देखि सुरु भएको वम्घा वलेटक्सारको संयुक्त भेला तथा अधिवेशनले ज्ञवाली र पौड्याललाई रुरु गाउँ पालिका अन्तर्गत वम्घा र वलेटक्सार वडा कमिटीको अध्यक्षमा चयन गरेको हो ।

‘गाउँ गाउँ घर घरमा जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ वलेटक्सार र वम्घाको रानीवास स्थित श्रृङ्गिस्वर वहुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले वम्घाको उपाध्यक्षमा भगवती ज्ञवालीलाई चयन गरेको छ । सचिवमा कृष्ण खत्री , सह–सचिवमा गिता वमरेल , कोषाध्यक्ष पद्मा रजाली सहित २१ सदस्यीय वम्घा वडा कमिटी गठन भएको छ ।  त्यस्तै सोही अधिवेशनले अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) वम्घाको अध्यक्षमा पदमा रजाली अध्यक्ष चयन भएकी छिन् । उपाध्यक्षमा माया गन्धर्व, सचिवमा निर्मला ज्ञवाली , कोषाध्यक्ष विष्णु सुर्यवंंशी चयन भएका छन् । सदस्यहरुमा यशोदा बिक देवि राना शान्ता राना सहित २५ सदस्यीय वम्घा वडा कमिटी गठन भएको छ । वलेटक्सारमा नारायण पौड्यालको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमल श्रेष्ठलाई चयन गरेको छ  । उपाध्यक्षद्धयमा शिव शर्मा ज्ञवाली र वलराम नेपाल िचयन भएका छन् । सचिवमा दामेन्द्र पाण्डे , सह–सचिवमा खिमलाल ज्ञवाली  र कोषाध्यक्षमा पार्वता क्षेत्री चयन भएका छन् । सोही अधिवेशनले वाईसियल र अनेम संघ क्रान्तिकारीको वलेटकसर वडा कमिटी समेत गठन गरेको छ । वलेटक्सार वाईसियल वडा कमिटीमा शम्भु पौड्याल चयन भएका छन् ।

उनको नेतृत्वमा २५ सदस्यीय वाईसियल वडा कमिटी गठन भएको हो । उपाध्यक्षद्धयमा दधिराम ज्ञवाली र धर्मराज पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा वलप्रसाद श्रेष्ठ , सचिवमा वालेन श्रेष्ठ , सह सचिवमा अर्जुन पौड्याल लगायत चयन गरिएको छ ।

यसै विच  गुल्मी गौडाकोट गाउँ पालिका अन्तरगत जुभुङ्ग वडा कमिटीको अधिवेशन पनि माओवादी केन्द्रले सम्पन्न गरेको छ । अधिवेशनले टोपबहादुर गाहको अध्यक्षतामा २१ सदस्यीय जुभुङ्ग वडा कमिटी गठन गरेको जनाईएको छ । उपाध्यक्षमा वुद्धिमान गाह, सचिवमा छविलाल गौतम , सह–सचिवमा कुशुमकुमारी सर्तुङ्गी , कोषाध्यक्ष गिरीकुमारी सोमै चयन भएका छन् । अधिवेशनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सो पार्टीका २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा, ईलाका ईञ्चार्ज तथा जिराल्ला सदस्य रामप्रसाद पाण्डेले प्रशिक्षण

मन्तव्य राखेका थिए । झकबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्यबहादुर थापाको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण