अमृत बास्तोला | फागुन १, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबाजरमा रहेको अग्नि पिडित बस्ने टहरा परिसर जिल्ला बाहिरका व्यापारीहरूले पकटमा लिएका छन् ।

गएको पुस १गते भएको आगलागीका पिडित उक्त टहरामा बस्दै आएका थिए । ईलामको फिक्कल र झापाको बिर्तामोडमा व्यावसय गर्दै आएका व्यापारीले टहरा पकटमा लिएका हुन ।
आवतजावतमा असर पर्ने गरि टहराको ढोका समेत बारेर व्यापारीहरू व्यावसाय संचालनका लागि बसेको पिडीतहरूले गुनासो गरेका छन् । हरेक महिनाको १ गते संक्रान्तिबजार हाट लाग्ने बजारमा परम्परा देखि व्यावसाय गर्नेले समेत ठाउँ पाएका छैन ।
परम्परा देखि व्यावसाय गर्दै आएका व्यापारीहरूले व्यापार गर्ने ठाउँ नपाएपछि उद्योग वाणिज्य उपशाखा संक्रान्तिबजारमा गुनासो गरेका छन् । नयाँ व्यापारीहरूले स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई जानकारी नगरी पिडीतको टहरा बसेको वाणिज्य संघले जनाएको छ ।