फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिक"/>

2026-09-01 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र गुल्मीको सम्मेलन तिव्र

फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिका सहित जिल्लाका कुल  ९२ वटा वडाहरुको वडा सम्मेलनलाई तिव्र पारेको छ । हाल सम्म ३० वटा वडाहरुमा  सम्मेलन सम्पन्न भएको र बाँकी फागुन १३ गते सम्म सकी सक्ने गरी नेताहरु जुटेको प्रचार विभाग प्रमुख युवराज केसीले जानकारी दिए ।

गाउँ गाउँ घर घरमा जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ सुरु गरिएको वडा गाउँ र जिल्ला सम्मेलन वडा सम्मेलन सके लगत्तै गरिने केसीले बताए ।

उनका अनुसार फागुन १६ गते कालिगण्डकी गाउँपालिकामा सम्मेलन गरिने छ । फागुन १४ गते सत्यवती गाउँपालिकाको सम्मेलन हुनेछ ।  फागुन १६ गते चन्द्रकोट गाउँपालिकाको सम्मेलन हुनेछ । रुरु गाउँपालिकामा फागुन १६ गते सम्मेलन हुनेछ । फागुन १४ गते थुर्कोट गाउँपालिकामा सम्मेलन हुनेछ । गुल्मी दरवार गाउँपालिकामा फागुन १७ गते सम्मेलन हुने छ ।

 मालिका गाउँपालिकामा फागुन १६ गते गाउँ सम्मेलन हुनेछ । ईस्माकोट गाउँपालिकामा फागुन १४ गते सम्मेलन हुने छ । पुर्कोट गाउँपालिकामा फागुन १६ गते सम्मेलन हुनेछ । मुसिकोट नगरपालिकामा पनि फागुन १६ गते नै सम्मेलन हुने छ । धुर्कोट गाउँपालिकामा फागुन १२ गते सम्मेलन हुनेछ । रेसुङ्गा नगर सम्मेलन फागुन १६ गते सम्पन्न गरिने केसीले जानकारी दिए ।

यसै विच सत्यवती गाउँ पालिका अन्तरगत ठुलोलुम्पेक वडा कमिटीको भेला भव्य रुपमा सम्पन्न भएको त्यहाँबाट जितु तरामुले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य डिलाराम आचार्यले सम्मेलनको उद््घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेता आर्चायले पहिलो संविधान सभाकै स्तरमा खटेर पार्टीलाई स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।

 उनले सरकारको नेतृत्व माओवादी पार्टीले गरे देखि नेपालका उर्जा क्षेत्र , स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा उल्लेखनिय कार्य गरेको दावि समेत गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला संगठन विभाग प्रमुख युवराज केसी लगायतले पनि मन्तव्य राखेका थिए ।

उक्त सम्मेलनले यम बहादुर तरामु मगरको अध्यक्षता उपाध्यक्षमा टोपलादेवी थापा मगर र हस्त श्रीस मगर, सचिवमा लोक बहादुर सुनार, सहसचिवमा लेख बहादुर श्रीस र लालु थापा, कोषाध्यक्षमा निम राहादी चयन हुनुभएको छ ।

सदस्यहरु कमल थापा, ईश्वरी फौंजा मगर, देव तरामु मगर, शान्ती श्रीस, गिरीप्रसाद सुनार, रोम राहादी, रोहन थापा, दिलु थापा, गम्मरसिं तरामु, भोजबहादुर फौंजा, रुमबहादुर सुनार, तिलक सुनार धनबहादुर राना, होम पुलामी र खेमन श्रीस निर्वाचित हुनु भएको छ ।

नयाँ निर्वाचित समितिको पहिलो वैठकले वसन्त तरामु मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । राधा राहादी, तारा सुनार वेलबहादुर थापा लगायतका व्यक्तिहरुलाई चयन गरेको छ ।

टोपला देवी थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनको खुल्ला सभालाई विशेष अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सह संयोजक युवराज केसी, नेकपा क्रान्तिकारी माओवादी को जिल्ला संयोजक टिका राना मगर, राष्ट्रिय जनमोर्चा ठूलोलुम्पेकका अध्यक्ष नेत्र राना मगर, राष्ट्रिय जनमुक्ति पार्टीका नेता नेत्र फौंजा मगर र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला सदस्य लोकबहादुर सुनारले सम्मेलनको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । देउराली लुम्पेकी थानी थान परिसरबाट सयौं जनाको सहभागितामा र्याली सहित शुरु भई हुलाक मञ्चमा पुगेर सम्मेलनको उद्घाटन सत्र  सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि माओवादि केन्द्र मा प्रवेश गर्नुहुने फोक्सिङ्ग १ वल्लिका सापसिंह राना,नरहादुर राना,हिमानसिङ् राना,दिर्घ वहादुर राना, नारायण राना, भिम वहादुर राना पुर्तिघाट ९ सिरेनिका लाल वहादुर राना,यम वहादुर राना, मोतिकला राना, सीता राना,हिमाल थापा, रनमाया थापा,मनु राना सहित २ दर्जन भन्दा वढि नव प्रवेशी हरु लाई हार स्वागत तथा शुभकामना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली