फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र गुल्मीको सम्मेलन तिव्र

३ फाल्गुन २०७३, मंगलवार १५:२२


फागुन ३, गुल्मी | फागुन २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्र गुल्मीले साविकका गाउँ कमिटीहरुलाई वडातहको संगठनमा रुपान्तरण गर्दै  नगरपालिका सहित जिल्लाका कुल  ९२ वटा वडाहरुको वडा सम्मेलनलाई तिव्र पारेको छ । हाल सम्म ३० वटा वडाहरुमा  सम्मेलन सम्पन्न भएको र बाँकी फागुन १३ गते सम्म सकी सक्ने गरी नेताहरु जुटेको प्रचार विभाग प्रमुख युवराज केसीले जानकारी दिए ।

गाउँ गाउँ घर घरमा जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ सुरु गरिएको वडा गाउँ र जिल्ला सम्मेलन वडा सम्मेलन सके लगत्तै गरिने केसीले बताए ।

उनका अनुसार फागुन १६ गते कालिगण्डकी गाउँपालिकामा सम्मेलन गरिने छ । फागुन १४ गते सत्यवती गाउँपालिकाको सम्मेलन हुनेछ ।  फागुन १६ गते चन्द्रकोट गाउँपालिकाको सम्मेलन हुनेछ । रुरु गाउँपालिकामा फागुन १६ गते सम्मेलन हुनेछ । फागुन १४ गते थुर्कोट गाउँपालिकामा सम्मेलन हुनेछ । गुल्मी दरवार गाउँपालिकामा फागुन १७ गते सम्मेलन हुने छ ।

 मालिका गाउँपालिकामा फागुन १६ गते गाउँ सम्मेलन हुनेछ । ईस्माकोट गाउँपालिकामा फागुन १४ गते सम्मेलन हुने छ । पुर्कोट गाउँपालिकामा फागुन १६ गते सम्मेलन हुनेछ । मुसिकोट नगरपालिकामा पनि फागुन १६ गते नै सम्मेलन हुने छ । धुर्कोट गाउँपालिकामा फागुन १२ गते सम्मेलन हुनेछ । रेसुङ्गा नगर सम्मेलन फागुन १६ गते सम्पन्न गरिने केसीले जानकारी दिए ।

यसै विच सत्यवती गाउँ पालिका अन्तरगत ठुलोलुम्पेक वडा कमिटीको भेला भव्य रुपमा सम्पन्न भएको त्यहाँबाट जितु तरामुले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य डिलाराम आचार्यले सम्मेलनको उद््घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेता आर्चायले पहिलो संविधान सभाकै स्तरमा खटेर पार्टीलाई स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।

 उनले सरकारको नेतृत्व माओवादी पार्टीले गरे देखि नेपालका उर्जा क्षेत्र , स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा उल्लेखनिय कार्य गरेको दावि समेत गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला संगठन विभाग प्रमुख युवराज केसी लगायतले पनि मन्तव्य राखेका थिए ।

उक्त सम्मेलनले यम बहादुर तरामु मगरको अध्यक्षता उपाध्यक्षमा टोपलादेवी थापा मगर र हस्त श्रीस मगर, सचिवमा लोक बहादुर सुनार, सहसचिवमा लेख बहादुर श्रीस र लालु थापा, कोषाध्यक्षमा निम राहादी चयन हुनुभएको छ ।

सदस्यहरु कमल थापा, ईश्वरी फौंजा मगर, देव तरामु मगर, शान्ती श्रीस, गिरीप्रसाद सुनार, रोम राहादी, रोहन थापा, दिलु थापा, गम्मरसिं तरामु, भोजबहादुर फौंजा, रुमबहादुर सुनार, तिलक सुनार धनबहादुर राना, होम पुलामी र खेमन श्रीस निर्वाचित हुनु भएको छ ।

नयाँ निर्वाचित समितिको पहिलो वैठकले वसन्त तरामु मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । राधा राहादी, तारा सुनार वेलबहादुर थापा लगायतका व्यक्तिहरुलाई चयन गरेको छ ।

टोपला देवी थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनको खुल्ला सभालाई विशेष अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सह संयोजक युवराज केसी, नेकपा क्रान्तिकारी माओवादी को जिल्ला संयोजक टिका राना मगर, राष्ट्रिय जनमोर्चा ठूलोलुम्पेकका अध्यक्ष नेत्र राना मगर, राष्ट्रिय जनमुक्ति पार्टीका नेता नेत्र फौंजा मगर र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला सदस्य लोकबहादुर सुनारले सम्मेलनको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । देउराली लुम्पेकी थानी थान परिसरबाट सयौं जनाको सहभागितामा र्याली सहित शुरु भई हुलाक मञ्चमा पुगेर सम्मेलनको उद्घाटन सत्र  सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि माओवादि केन्द्र मा प्रवेश गर्नुहुने फोक्सिङ्ग १ वल्लिका सापसिंह राना,नरहादुर राना,हिमानसिङ् राना,दिर्घ वहादुर राना, नारायण राना, भिम वहादुर राना पुर्तिघाट ९ सिरेनिका लाल वहादुर राना,यम वहादुर राना, मोतिकला राना, सीता राना,हिमाल थापा, रनमाया थापा,मनु राना सहित २ दर्जन भन्दा वढि नव प्रवेशी हरु लाई हार स्वागत तथा शुभकामना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने