सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । <"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्युठानमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको जिल्ला स्थर समिक्षा सम्पन्न

३ फाल्गुन २०७३, मंगलवार १५:२९

सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी भुप ब पुनको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला इन्जिनियर सुरेन्द्र घिमिरे को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय प्यूठान, जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयल प्यूठानले यो आर्थिक बर्षमा सञ्चालनमा आएका कार्यक्रम तथा आगामी बर्षको लागि तयार पारिएको कार्यक्रमको बारेमा जानकारी दिएका छन । 

जिल्ला को १० ओटा गाविसमा तिन ओटा कार्यालय बाट कृषि पशु तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले बताएको छ । जिल्ला पशु मार्फत साना दुग्ध उद्यम प्रर्वधन, बाख्रा उत्पादकत्व सुधार कार्यक्रम गाउ स्तर नमुना फर्म लागाएकतको कार्यक्रम सञ्चालनमा ल्याइएको र आगामि बर्षको लागि एक बजार एक डेरी, एक गाविस एक पशुपालक एक बजार कृषक सँग पशु सेवा कृषक हरुको चाहान एसएमएस मार्फत ज्ञानमुलक सुचना लागाएतको कार्यक्रम ल्याइने जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ । 

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले स्तनपान सप्ताह खाद्य तथा पोषण सुरक्षा बारे पैरवी कार्यक्रम आमा समुहमा खाद्य परिकार पर्दशनि तथा सुनौला हजार दिनका आमा लगाएतको कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्यले बताएको छ । 

त्यस्तै जिल्ला कृषि बिकास कार्यालय प्यूठानले जिल्लामा उत्पादन गरिएको बाली प्रर्दशनि निक्षेपित कृषि प्रचार नयाँ विउको उत्पादन लगाएतको कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको छ । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि राजनितिक दल पत्रकार कृषक पशुपालक व्यावसाय लगायतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यत्रक्रमको स्वागत मन्तव्य जिल्ला पशुसेवा कार्यालय प्यूठानको प्रमुख डा सरण पाण्डेले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन