प्रेमबहादुर रौले/फागुन १२, बाजुरा । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । 

उकालो काटेपछि जिल्ला प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेमबहादुर रौले/फागुन १२, बाजुरा । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । 

उकालो काटेपछि जिल्ला प्र"/>

2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराका कल्चु बने जुत्ता सिलाएरै लखपति

प्रेमबहादुर रौले/फागुन १२, बाजुरा । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । 

उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ । त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु–३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन् । उनका दिन च्यातिएका जुत्ताचप्पल सिलाउँदै बितेका छन् । 

अठार वर्षको कलिलो उमेरमा कोही साथी स्कुल पढ्न थाले त कोही बिहे गरी अन्य व्यवसायतिर लागे । उनी भने कोल्टीमा जुत्ता सिलाइको तालिम लिन थाले । सानैदेखि उनी अपाङ्ग थिए । उनका हात चल्छन् तर खुटृा नचल्ने भएकाले हिडडुल गर्न सक्दैनन् । त्यसैले पनि उनी भारतमा जान सकेनन् । उनले जुत्ता सिलाउने तालिम पाएपछि सार्कीको जीवनको सहारा बनेको हो । उनी जन्मेपछि सानै उमेरमा आमाबुबाको स्वर्गारोहण भएको थियो भने उनी टुहुरा बनेका थिए । तर उनलाई दाजु र भाउजूले समेत साथ दिनुको साटो घरबाट निकालिदिएको उनले गुनासो गरे । 

साथीहरु स्कुल पढ्न थाले तर उनले भने जुत्ता सिलाउने तालिम लिएर कोल्टीमा ३ वर्ष जुत्ता सिलाएका थिए । उनी २०५४ सालमा सेनाको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमा कोल्टीबाट सदरमुकाम मार्तडीमा आएका थिए । व्यवसाय सुरु गर्नका लागि जुकोट गाविसका नरबहादुर शाहीसँग रु पाँच हजार हुँदै रु १६ हजार सम्म ऋण लिए । व्यवसाय सुरु गरेपछि शाहीको साँवा र ब्याज गरी रु ३२ हजार ऋण तिरेका थिए । 

सुरुमा बजार कम विस्तार भएको थियो । तर पछि आएर जनआन्दोलन सुरु हुने बेलाभन्दा अगाडि नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी चँुडिएका च्यातिएका जुत्ताचप्पल सिलाउन आउनेको लाइन हुन्थ्यो । कुनै समय च्यातिएका जुत्ता सिलाएर उनले दैनिक रुपमा १८ हजार पनि कमाए । पहिले दैनिक रु १८ हजार कमाउने कल्चु सार्की अहिले भने व्यापार घटे पनि चुँडिएका जुत्ता सिलाएर मासिक रु १६ हजार कमाउने गरेका छन् । 

उनले बिस्तारै विभिन्न तालिम लिँदै गए तालिम लिएपछि जुत्ता सिलाएर जीवन चल्ला भनेर । उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । कल्चुले २० वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन्, आफ्ना एक छोरा र एक छोरीलाई जिल्लाकै हैसियत राख्ने विद्यार्थी बनाउने सोचमा रहेका छन् । 

जेठी छोरी मालिका उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनको छोरा बोर्डिङमा नर्सरीमा अध्ययन गर्दै आइरहेका छन् । सदरमुकाममै पनि पहिले गाउँमा सिकेको र तालिम लिएको सीप देखाउँदा तल्लो जातिको भनेर धेरैले नकारात्मक दृष्टिले हेर्ने गर्थे । घरका पुराना दिनहरु सम्झन थाले तर अहिले जिल्लाका कार्यालय प्रमुखदेखि नेता, पत्रकार र सुरक्षा निकायका उच्च तहकाले पनि सम्मान गर्न थालेका छन् । 

उनले आफूले मात्र सीप सिकेनन् । आफूसँग भएकी धर्मपत्नीलाई समेत जुत्ता सिलाउन सिकाएका छन् । आफू कामको सिलसिलामा जिल्लाबाहिर गएका बेला आफ्नी श्रीमतीले सघाउने गरेको उनी बताउछन् । उनी भन्छन्, “व्यवसाय गरेर मात्र केही हँुदैन । ग्राहकलाई शिष्ट व्यवहार गर्नुपर्छ । सार्कीको पेसाबाट पत्नी र छोराछोरी खुसी छन् ।” 

सदरमुकाम मार्तडीमै च्यातिएका जुत्ताचप्पल सिलाएर सार्कीले नेपालगन्जको वनकटुवा गाविसमा डेढ कट्ठा घरेडी लिएका छन् । डेढ कट्ठा जमिन घर बनाउनका लागि रु साढे १३ लाखमा किनेका छन् । उनले अब बाजुरामा भन्दा नेपालगन्जमा जुत्ता सिलाइको उद्योग खोल्ने सोच बनाएका छन् । 

फाटेका जुत्ता सिलाउँदै उनको जीवन बितिसकेको छ । तर उनका छोरा र छोरी अझै आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । उनीहरुलाई आफूले चाहेको जस्तो बनाउन मैले जुत्ता सिलाएर पढाउनुपर्ने भएको छ, उनी भन्छन् । 

उत्तरी भेगको दुर्गम बाँधु–३ घर भएका कल्चु सार्कीले जीवनभरि सानै उमेरदेखि गाउँमा फाटेका जुत्ता सिलाउन सिकेका र विमानस्थल भएको कोल्टीबजार हँुदै हाल सदरमुकाम मार्तडीमा चार जनाको परिवार पाल्दै आएका छन् । सदरमुकाम मार्तडीमा महँगी खेपिनसक्नु भएको उनी बताउँछन् । 

त्यसमा पनि सम्पूर्ण घर खर्च जुत्ता सिलाएर जीवन धानेको उनी बताउँछन् । अहिले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने दुईवटा पसल मात्र रहेका छन् । उनी अरूको घरमा बसेर मासिक रु ६ सय भाडा तिर्ने गरेका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही व्यवसाय गर्दा सजिलो हुने गरेको अनुभव उनी सुनाउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई