Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीकि कमली चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् ।

चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज किरियाको कुनो भित्रैबाट पति वियोगको पिडाले मानसिक सन्तुलन गुमाउने महिला विरलै होलान् ।

ति विरलै मध्येकी एक हुन् गुल्मीको भनभने गाविस वडा नम्वर १ की २८ वर्षिया कमली बिक । उनि १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मा संग मागी विवाह भएको थियो । विवाह लगत्तै भारतमा श्रीमान श्रीमति संगै वसे ।

एक छोरा र एक छोरी पनि जन्मीए । निकै सुखत दाम्पत्य जिवन व्यतित गरी रहेको वेला उनका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको थियो । तर उनलाई पत्यार लागेन । श्रीमानको मृत्युमा एक थोपा आँशु नखसाएकी कमलीलाई काज किरियामा वसेको पनि होस् भएन् ।

८ दिनका दिन कसैले उनको श्रीमानको केहि वेर स्मरण के गरेका थिए , उनी हाँस्ने चिच्चाउने गर्दा गर्दै मानसिक सन्तुलन गुमाईन । उनकी आमा बुद्ध बिक भन्छिन–‘त्यस पछि उनलाई माईती घरमा ल्या्एर राखिएको हो ।

माईती घरमा ल्याए पनि उनी धेरै जसो छिमेकी गाउँ पुर्कोटदह वजार तर्फ धेरै जसो जाने गर्थिन् । त्यस क्रमा उनलाई कसले वलात्कार ग¥यो र उनले गर्भधारण गरिन भन्ने कुरा कसैलाई थाह छैन् । उनि आफैलाई पनि थाह छैन् । उनले गत कार्तिक महिनामा छोरी जन्माएकी थिईन् ।’ ति छोरी कसकी हुन भनेर सोध्धा उनले लजाउँदै भन्छिन–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’

ति छोरीलाई कसैको काँखमा जान दिदै दिदैनन् । हरवखत आफ्नै काँखमा राख्दै र चुम्दै गर्ने उनले हरवखत श्रीमान संग एकहोरो गफ गर्ने गरेको उनका परिवारजन बताउउछन् । मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन त्यसरी नै कुराकानी गर्नु नै उनको दिन कटाउने माध्यम बनेको उनकी वहिनी बताउछिन् ।

हरवखत उनको मन–मस्तीष्कमा श्रीमान रहनुले उनलाई जो जसले करणी ग¥यो त्यसलाई पनि उनै श्रीमान नै ठानेको हुन सक्ने स्थानियले अडकल काट्ने गरेका छन् । स्थानियले त्यस्तो अडकल काटे पनि उनलाई करणी गर्ने व्यक्तिको पहिचान अहिले सम्म गर्न नसेके पछि ति सन्तान वेवरिसे बन्न पुगेकी छिन् । मृत्यु भएका श्रीमान तर्फ ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

कानमा राख्ने मोवाईल फोन आकृतिको काठ ढुङ्गा कति वेला ला वुवासंग वोल भन्दै छोरा छोरीलाई दिएको वखत परिवारजन भावुक बन्ने गरेको बताउँ छन् । अकल्पनिय रुपमा सडक दुर्घनामा परी मृत्यु भएका उनका श्रीमान प्रति उनको कति माया र कलेस रहेछ भन्ने कुरा मानसिक सन्तुलन विग्रे पनि मोवाईल फोन कुराकारीले स्पष्ट पारेको छ । उनको घर अलिमाथी भनभने ८ टिमुर्खकमा चन्दा मागेर छोरीले आमाको काज किरिया गरी रहेको स्थलगत रिर्पोट लिन जाँदा तल ति युवतीको अवस्था त्यतिकै दर्दनाक थियो ।

फोन रुपी ढुङ्गा काठ कानमा लगाएर मृत्यु भएका श्रीमानलाई न ढाँट्नु के छिटो आउनु कस्तो अस्याट ला’छ भन्दा अहिले चर्चामा आएको गीत सुन साईली , प्रदेशबाट म आउँला चालिस कटेसी रमाउँला बोलको गीत यसरी गुनगुनाउन मन लाग्छ ।

सुन साईली सुन साईली अर्को जुनी भेटौला, फेरी त्यसरी नै रमाउँला……

सुन साईली दियोमा तेल हुुरुरु, मलाई सम्झी नरुनु……