पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राख"/>
2026-09-16 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका २५ गाविसका गाउँ गाउँमा कृषि प्राविधिक

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक राखेको छ । ५० गाविस र १ नगरपालिका गरि ५१ वटा स्थानीय निकाय रहेको ओखलढुंगाका सेवा केन्द्र भन्दा टाढा र प्राविधिकको पहुँच नभएका २४ गाविस  र १ नगरपालिकामा कृषि प्राविधिक राखिएको हो ।

‘एक गाविस, एक कृषि प्राविधिक’ भन्ने सरकारी नीति अनुसार सेवालाई प्रभावकारी बनाउन दुर्गम गाविसहरुमा प्राविधिक खटाईएको वरिष्ठ कृषि विकास अधिकृत झलकनाथ कँडेलले  बताउनुभयो । ‘जतिसक्दो सेवालाई प्रभावकारी बनाउन दुर्गम र पहुँच नभएका गाविसमा प्राविधिक पठाउनेकाम भईरहेको छ’ वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भन्नुभयो,‘पशु प्राविधिकहरु पनि गाँउगाँउमा छन् सकेसम्म नदोहोरिने हिसाबले राख्ने अभ्यास गरिरहेका छौँ ।’ कार्यालयले थप गरेको नँया प्राविधिकले गाउँगाउँमा पुगेर बिउ बिजन वितरण गर्ने, कृषि सम्बन्धी परामर्श गर्ने र कृषि सेवा केन्द्र तथा कृषि विकास कार्यालयसँग सम्पूर्ण किसानको पँहुच पु¥याउनका लागि सहयोग पु¥याउने वरिष्ठ कृषि विकास अधिकृत कँडेलले जानकारी दिनुभयो । 

गतवर्ष जिल्लाका ७ गाविसमा कृषि प्राविधिक राखिएकोमा यस वर्ष १८ जना थप गरेर त्यो संख्या २५ पु¥याईएको छ । श्रीचौर, च्यानम, भदौरे, बेतिनी, सिंहदेवी, जन्तरखानी, विलन्दु, केत्तुुके, मुलखर्क, टारकेराबारी, उँबु मोली, थाक्ले, यसम, पोकली, रगनी, भुसिंगा, खिजिकाती, माम्खा, बलखु, हर्कपुर, विगुटार, कुन्तादेवी, पोखरे र सिद्धिचारण नगरपालिकामा कृषि प्राविधिक खटाइएको छ । कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ । नयाँ सिरफारीस भएका प्राविधिकहरुलाई पनि नियूक्ति दिएर गाँउ पठाईएको छ ।

ओखलढुंगामा २५ जना करारमा नियुक्त गरिएका २ जना,राष्ट्रिय योजना आयोगबाट सिफारीस भई आएका स्वयंसेवक र २० जना जिल्ला कृषि विकास कार्यालयमा कार्यरत रहेका समेत गरेर वरिष्ठ कृषि विकास अधिकृत सहित कृषि प्राविधिकहरुको संख्या ४७ पुगेको छ । 

कृषि प्राविधिकहरुको संख्या थप गरेर गाउँ गाउँमा पठाईएपछि कृषिका क्षेत्रमा देखिएका समस्या समाधान हुने र किसानको गुनासो समेत कम हुने लक्ष्य राखिएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता