२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा चार झोलुङ्गे र तीन ट्रसपुल बन्ने

२०७३, १८ फाल्गुन बुधबार ०३:२८

फागुन १८, पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । 

जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् । यसअन्तर्गत दुरदिम्बा–२ र लिम्बा–४ जोड्ने चिगरुप झोलुङ्गे पुल बनिने भएको छ जसका लागि रु ३० लाख ४२ हजार विनियोजन भएको छ । 

यस्तै, लिम्बा–९ र लिम्बा–७ जोडिने सिस्ने झोलुङ्गे पुलका लागि रु २८ लाख ९६ हजार, च्याङथापु–४ र च्याङथापु–५ जोडिने कान्दाङ पुलका लागि रु २७ लाख २४ हजार विनियोजन गरिएको छ । 

त्यसैगरी, थर्पु–२ र ताप्लेजुङ साब्लाखु–३ जोड्ने डडुवा ट्रस पुलका लागि रु ३३ लाख ९८ हजार, सराङडाँडा–६ र माङजाबुङ–६ बस्ने धुवाबजार ट्रसका लागि रु २३ लाख ३२ हजार र इम्बुङ–६ तथा नवमीडाँडा–२ जोडिने बाँसबोटे ट्रस पुलका लागि रु २३ लाख ४९ हजार विनियोजन गरिएको इन्जिनियर काफ्लेले बताउनुभयो । 

अहिलेसम्म सबै पुलको अवस्था हेर्दा ५० प्रतिशत काम सकिएको र सम्झौता अवधि यही आव २०७३÷७४ भित्रैमा सकिने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ