फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वब"/>

2026-09-02 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रुद्रावती क्याम्पस वामीमा १० दिनदेखीको ताला खुल्यो

फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले गत फाल्गुण १० गते क्याम्पस प्रशासनमा ताला ठोकेको थियो । 

बिगत १०दिनदेखीको राजनीतिक लुछाचुँडी पछि आज ताला खुलेको हो । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको प्रयोजन सँग सम्बन्धित गरी क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुले ताला बन्दी गरेको थियो । नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध ब्यक्तिहरु मिली बनाइएको क्याम्पस सञ्चालक समितिमा रहेका पदाधिकारीहरु बिच बिगत केही दिन देखी भएको बार्ता चर्काचर्कीमै सिमित रहने गरेको कारण निष्कर्ष निस्कन सकेको थिएन ।

आज बिहान भएको सञ्चालक समिति, क्याम्पस प्रशासन, बिद्यार्थी संगठनका प्रतिनिधिहरु सहितको बैठकले छानबिन समिति गठन गरी सोही अनुसारको प्रतिबेदन सर्बसम्मत गर्ने बताएपछि ताला खुलेको हो । बैठककै बिचमा अनेरास्वबियुका एक बिद्यार्थीले छानविन समितिले आफुले भनेअनुसारको निर्णय नगरेमा आफुहरुले नमान्ने बताएपछि बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बिच चर्काचर्की सँगै झडपको स्थिती सिर्जना भएको थियो । नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्य र नेकपा एमालेका पुर्वपार्टी अध्यक्ष नारयाण सापकोटा बिच चर्काचर्की भएको थियो ।

पछि सबै मिली चार जनाको समुहमा एक छानविन समिति गठन गरिएको छ । जसमा नेपाली काँग्रेसका वामी पार्टी सभापति सुदर्शन शाक्य, नेकपा एमालेका हरिहर सापकोटा, नेकपा माओबादी केन्द्रका राजन सापकोटा र जनमोर्चाका सुन्दर प्रधान सहितको समितिले छान बिन सहितको प्रतिबेदन तयार पार्ने भनिएको छ ।

समिति गठन भएलगत्तै अनेरास्वबियुका केशब रानाले सबै उपस्थितको रोहबरमा ताला खोली समितिलाइ बुझाएका थिए । अनि मात्र समितिले आफु अनुसार ताला लगाएको थियो ।

यसरी क्याम्पसमा ताला खुलेको छ भने शुक्रबार बाट नियमित पढाइ पनि शुरु हुने छ । साथै ताला खुलेपनि स्वबियुको चुनाव भने हुन सकेन । बिद्यार्थीहरुमा सहमती हुन नसक्दा स्वबियु चुनाब हुन नसकेको हो । पटक पटक बार्ता बसी सहमती गर्न खोजिएपनि अनिर्णित बनेको हो । नेबिसंघ तथा अनेरास्वबियु दुबै पक्षले अध्यक्षमा दावी गरेका कारण स्वबियुको गठन पनि हुन नसकेको हो । – अनिश शर्मा गैरेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली