२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सिद्धकालीमा सरस्वतीको मन्दिर निर्माण हुने

२० फाल्गुन २०७३, शुक्रबार ०७:११

प्रकाश धौलाकोटी/फागुन २०, तेह्रथुम । ओयाक्जुङ–९, मेहेलेस्थित सिद्धकाली माध्यमिक विद्यालयमा पुर्व विद्यार्थीहरुले सरस्वतीको मन्दिर स्थापना गरिदिने भएका छन् । सो विद्यालयमा पढेर हाल देश तथा विदेशमा कार्यरत पुर्व विद्यार्थीहरुबाट सहयोग संकलन गरी मन्दिर निर्माण गर्न लागिएको हो ।

मन्दिर निर्माणकालागि पहल थालिएको पुर्वविद्यार्थी तथा हाल इजरायलमा कार्यरत युवा समाजसेवी देव बाँस्कोटाले बताउनुभयो । विद्यालय हाताभित्र ११ फिट लम्बार्ई, ८ फिट चौडाई रहेको मन्दिर निर्माण गर्ने अठोट गरिएको उहाँले बताउनुभयो । 

मन्दिरमा सरस्वती माताको ८ फिट अग्लो मुर्ती प्रतिस्थापन गरिने छ । मन्दिर निर्माणकालागि सहयोग गर्ने दाताको नामावली शिलालेखमा राखिनुका साथै प्रमाण पत्र सहित सम्मान समेत गरिने अभियानका संयोजक पुर्वविद्यार्थी बाँस्कोटाले बताउनुभयो ।

बाँस्कोटाको अगुवाईमा प्रवासीहरुबाट तेह्रथुमका विभिन्न क्षेत्रमा पटक पटक सहयोग उपलब्ध हुँदै आएको छ । ‘परदेशमा रहेपनि मन सधै गाउँ–ठाउँकैलागि समर्पित हुन्छ, बाँस्कोटाले भन्नुभयो, ‘अन्य क्षेत्रमा थुप्रै गरियो, अब आफ्नै गाउँमा रहेको विद्यालयमा पनि एउटा काम गरौँ भनेर मन्दिर निर्माण थाल्ने सोच बनाएको हुँ ।’ मन्दिरको निर्माण कार्य चैत्रको दोश्रो साताबाट सुरु गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो । मन्दिर निर्माणकालागि करिब दुई महिना लाग्नेछ । 

बाँस्कोटा ओयाक्जुङ–५ जन्मिएर हाल इजरायलमा कार्यरत छन् । विद्यालयमा पुर्व विद्यार्थीहरुबाट मन्दिर निर्माण गर्ने कुराले आफुहरुलाई सजिलो बनाएको प्रधानाध्यापक कुलप्रसाद दुलालले बताए । यसअघि पनि विद्यालयमा मन्दिर निर्माणको चर्चा भएको थियो । 

तर विद्यालय व्यवस्थापन समिति नहुँदा मन्दिर निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएनँ । विद्यालयमा २०७० सालमा पुराण लगाइएको थियो । सो पुराणबाट संकलित रकम १ लाख १९ हजार रुपैयाँ बचेको थियो । सो रकम विद्यालयकै खातामा रहेको प्रअ दुलालले जनाउनुभयो । उहाँले सोही रकममा दाताहरुबाट थप गरेर भएपनि मन्दिर निर्माण गरिने बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य