२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सिद्धकालीमा सरस्वतीको मन्दिर निर्माण हुने

२०७३, २० फाल्गुन शुक्रबार ०७:११

प्रकाश धौलाकोटी/फागुन २०, तेह्रथुम । ओयाक्जुङ–९, मेहेलेस्थित सिद्धकाली माध्यमिक विद्यालयमा पुर्व विद्यार्थीहरुले सरस्वतीको मन्दिर स्थापना गरिदिने भएका छन् । सो विद्यालयमा पढेर हाल देश तथा विदेशमा कार्यरत पुर्व विद्यार्थीहरुबाट सहयोग संकलन गरी मन्दिर निर्माण गर्न लागिएको हो ।

मन्दिर निर्माणकालागि पहल थालिएको पुर्वविद्यार्थी तथा हाल इजरायलमा कार्यरत युवा समाजसेवी देव बाँस्कोटाले बताउनुभयो । विद्यालय हाताभित्र ११ फिट लम्बार्ई, ८ फिट चौडाई रहेको मन्दिर निर्माण गर्ने अठोट गरिएको उहाँले बताउनुभयो । 

मन्दिरमा सरस्वती माताको ८ फिट अग्लो मुर्ती प्रतिस्थापन गरिने छ । मन्दिर निर्माणकालागि सहयोग गर्ने दाताको नामावली शिलालेखमा राखिनुका साथै प्रमाण पत्र सहित सम्मान समेत गरिने अभियानका संयोजक पुर्वविद्यार्थी बाँस्कोटाले बताउनुभयो ।

बाँस्कोटाको अगुवाईमा प्रवासीहरुबाट तेह्रथुमका विभिन्न क्षेत्रमा पटक पटक सहयोग उपलब्ध हुँदै आएको छ । ‘परदेशमा रहेपनि मन सधै गाउँ–ठाउँकैलागि समर्पित हुन्छ, बाँस्कोटाले भन्नुभयो, ‘अन्य क्षेत्रमा थुप्रै गरियो, अब आफ्नै गाउँमा रहेको विद्यालयमा पनि एउटा काम गरौँ भनेर मन्दिर निर्माण थाल्ने सोच बनाएको हुँ ।’ मन्दिरको निर्माण कार्य चैत्रको दोश्रो साताबाट सुरु गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो । मन्दिर निर्माणकालागि करिब दुई महिना लाग्नेछ । 

बाँस्कोटा ओयाक्जुङ–५ जन्मिएर हाल इजरायलमा कार्यरत छन् । विद्यालयमा पुर्व विद्यार्थीहरुबाट मन्दिर निर्माण गर्ने कुराले आफुहरुलाई सजिलो बनाएको प्रधानाध्यापक कुलप्रसाद दुलालले बताए । यसअघि पनि विद्यालयमा मन्दिर निर्माणको चर्चा भएको थियो । 

तर विद्यालय व्यवस्थापन समिति नहुँदा मन्दिर निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएनँ । विद्यालयमा २०७० सालमा पुराण लगाइएको थियो । सो पुराणबाट संकलित रकम १ लाख १९ हजार रुपैयाँ बचेको थियो । सो रकम विद्यालयकै खातामा रहेको प्रअ दुलालले जनाउनुभयो । उहाँले सोही रकममा दाताहरुबाट थप गरेर भएपनि मन्दिर निर्माण गरिने बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश