पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई"/>
2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा २० बर्षमुनिका ३६७ युवती आमा

पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई समेत चुनौति थपेको छ ।

एकातर्फ साक्षर जिल्ला अभियान चलिरहनु र अर्को तर्फ अशिक्षाकै कारण बालविवाह अथवा कम उमेरमा हुने विवाहका घटनाहरु बढ्नुले जिल्लाको शैक्षिक अबस्था सोचे अनुसार नभई डाटा र रेकर्ड फाइल उन्मुख भएको देखिन्छ ।

अपौचारिकतालाई मात्रै प्रथामिकतामा राखि जिल्लालाई साक्षरण जिल्ला घोषणा गर्न खोजिएको यस कुराले थप पुष्टि पारेको देखिन्छ । आजको सहारान्यूजमा खबर छ ।

आर्थिक बर्ष ०७२।७३ को पौष मसान्त सम्म २० बर्ष र २० बर्ष मुनिका करिब ३ सय ६७ जना बिबाह बन्धनमा बाधिएका छन् । कुल बिवाहित सख्या ९ सय ७५ जना मध्ये ३ सय ६७ जना २० बर्ष मुनिका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय पर्बतले जनाएको छ । 

ंजिल्लामा १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने १० वर्षकै उमेरमा विवाह गर्ने र १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाको सख्या पनि उत्तीकै रहेको पाइएको छ । बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै रहेका छन् । जिल्लाको २६ बटा बर्थिङ सेन्टरबाट ०७२।७३ मा ९ सय ७५ जना महिलाहरुले डेलिभरी गराएका छन् । जसमा कम उमेरका युवतीहरु आमा बन्ने गरेको पाइएको छ । 

यता महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्देै आएको महिला तथा बालबालिका कार्यालयले भने जिल्लामा कलिलो उमेरमै विवाह गर्ने बालबालिकाको कुनै तथ्याङ्क आफुहरुसंग नभएको बताउँछ । महिला तथा बालबालिका कार्यलकी महिला विकास निरिक्षक तारादेवी सुुनुवारले जिल्लामा महिला तथा बालबालिकाको अबस्थाको बारेमा कुनै पनि सर्वे नभएकोले जिल्लामा एकिनका साथ कति बालबालिकाको कम उमेरमा विवाह हुन्छ भन्ने कुरा भन्न नसकिने बताइन् । उनले जिल्लामा बालबालिकाको अबस्थाका बारेमा सर्वेक्षण गरेपछि मात्रै सो कुरा पत्ता लाग्ने बताइन् । 

जिल्लामा सबैभन्दा बढी दक्षिण भेगमा कम उमेरमा विवाह हुने गरेको पाइएको छ । कम उमेर तथा बालविवाहको उच्च संख्या रहेको देखिएको छ । २० वर्ष नपुगेर सुत्केरी भए बच्चा स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीले बताउँछन् । शारीरकि परपिक्वता नभई किशोरीले बच्चा जन्माउँदा कुपोषण हुने, एनिमियाको संक्रमण र पाठेघर खस्नेलगायतका समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यलय पर्बतका डा. फणिन्द्र बराल बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कलिलो उमेरमा आमा बन्दा आमा र शिशु दुवैको मृत्युदर बढेको पाइएको छ । जिल्ला स्थीत बिभिन्न विद्यालयका शिक्षकका अनुसार स्कुले उमेरमै बिहे गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको पाईएको हो ।

बालविवाह गर्न उक्साउनेलाई कानुनी कारबाही तथा गर्नेलाई परामर्शबाट परिवर्तन गर्न सकिने भएपनि जिल्ला स्थीत बिभिन्न सरोकारवाला निकाय मौनजस्तै बसेको छ । बालविवाहका घटनाहरु कहि कतै बाहिर आएता पनि त्यसलाई आर्थिक प्रलोभनमा पारी ढाकछोप गर्न खोज्नेहरुको जमात समाजमा भएकोले पनि जिल्लामा बालविवाह तथा कम उमेरमा हुने विवाह बढ्दो मात्रमा रहेको छ । 

कम उमेरमै हुने विवाहका कारण पछि सम्बन्ध विच्छेदका घटनाहरु बढ्ने गरेका छन् । जिल्लामा पछिल्लो सयमा सम्बन्ध विच्छेदनका घटनाहरु बढिरहेका छ । कम उमेरमा हुने विवाह र बेमेल विवाहका कारण पनि जिल्लामा सम्बन्ध विच्छेदनका घटनाहरु बढीराखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द