पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई"/>
2026-07-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा २० बर्षमुनिका ३६७ युवती आमा

पर्वत । गरिबी, अशिक्षाका, परम्परागत मान्यता लगायतका कारण जिल्लामा बालविवाहको दर उच्च रुपमा बढ्दो छ । पछिल्लो समयमा पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेता पनि अशिक्षाकै कारण बालविवाह बढेको घटना बाहिर आउनुले जिल्लाको शिक्षाको अबस्थालाई समेत चुनौति थपेको छ ।

एकातर्फ साक्षर जिल्ला अभियान चलिरहनु र अर्को तर्फ अशिक्षाकै कारण बालविवाह अथवा कम उमेरमा हुने विवाहका घटनाहरु बढ्नुले जिल्लाको शैक्षिक अबस्था सोचे अनुसार नभई डाटा र रेकर्ड फाइल उन्मुख भएको देखिन्छ ।

अपौचारिकतालाई मात्रै प्रथामिकतामा राखि जिल्लालाई साक्षरण जिल्ला घोषणा गर्न खोजिएको यस कुराले थप पुष्टि पारेको देखिन्छ । आजको सहारान्यूजमा खबर छ ।

आर्थिक बर्ष ०७२।७३ को पौष मसान्त सम्म २० बर्ष र २० बर्ष मुनिका करिब ३ सय ६७ जना बिबाह बन्धनमा बाधिएका छन् । कुल बिवाहित सख्या ९ सय ७५ जना मध्ये ३ सय ६७ जना २० बर्ष मुनिका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय पर्बतले जनाएको छ । 

ंजिल्लामा १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने १० वर्षकै उमेरमा विवाह गर्ने र १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाको सख्या पनि उत्तीकै रहेको पाइएको छ । बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै रहेका छन् । जिल्लाको २६ बटा बर्थिङ सेन्टरबाट ०७२।७३ मा ९ सय ७५ जना महिलाहरुले डेलिभरी गराएका छन् । जसमा कम उमेरका युवतीहरु आमा बन्ने गरेको पाइएको छ । 

यता महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्देै आएको महिला तथा बालबालिका कार्यालयले भने जिल्लामा कलिलो उमेरमै विवाह गर्ने बालबालिकाको कुनै तथ्याङ्क आफुहरुसंग नभएको बताउँछ । महिला तथा बालबालिका कार्यलकी महिला विकास निरिक्षक तारादेवी सुुनुवारले जिल्लामा महिला तथा बालबालिकाको अबस्थाको बारेमा कुनै पनि सर्वे नभएकोले जिल्लामा एकिनका साथ कति बालबालिकाको कम उमेरमा विवाह हुन्छ भन्ने कुरा भन्न नसकिने बताइन् । उनले जिल्लामा बालबालिकाको अबस्थाका बारेमा सर्वेक्षण गरेपछि मात्रै सो कुरा पत्ता लाग्ने बताइन् । 

जिल्लामा सबैभन्दा बढी दक्षिण भेगमा कम उमेरमा विवाह हुने गरेको पाइएको छ । कम उमेर तथा बालविवाहको उच्च संख्या रहेको देखिएको छ । २० वर्ष नपुगेर सुत्केरी भए बच्चा स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीले बताउँछन् । शारीरकि परपिक्वता नभई किशोरीले बच्चा जन्माउँदा कुपोषण हुने, एनिमियाको संक्रमण र पाठेघर खस्नेलगायतका समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यलय पर्बतका डा. फणिन्द्र बराल बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कलिलो उमेरमा आमा बन्दा आमा र शिशु दुवैको मृत्युदर बढेको पाइएको छ । जिल्ला स्थीत बिभिन्न विद्यालयका शिक्षकका अनुसार स्कुले उमेरमै बिहे गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको पाईएको हो ।

बालविवाह गर्न उक्साउनेलाई कानुनी कारबाही तथा गर्नेलाई परामर्शबाट परिवर्तन गर्न सकिने भएपनि जिल्ला स्थीत बिभिन्न सरोकारवाला निकाय मौनजस्तै बसेको छ । बालविवाहका घटनाहरु कहि कतै बाहिर आएता पनि त्यसलाई आर्थिक प्रलोभनमा पारी ढाकछोप गर्न खोज्नेहरुको जमात समाजमा भएकोले पनि जिल्लामा बालविवाह तथा कम उमेरमा हुने विवाह बढ्दो मात्रमा रहेको छ । 

कम उमेरमै हुने विवाहका कारण पछि सम्बन्ध विच्छेदका घटनाहरु बढ्ने गरेका छन् । जिल्लामा पछिल्लो सयमा सम्बन्ध विच्छेदनका घटनाहरु बढिरहेका छ । कम उमेरमा हुने विवाह र बेमेल विवाहका कारण पनि जिल्लामा सम्बन्ध विच्छेदनका घटनाहरु बढीराखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक