२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’ निकाली अतिरञ्जीत गर्नु प्रणालीमाथीको ठाडो प्रहार

२०७३, ३० फाल्गुन सोमबार ०३:१५

फागुन ३०, गुल्मी । केही दिन बाट गुल्मीमा सुरु भएको पाइप प्रकरणमा कानुनी प्रक्रिया पुरा गरी जनताको घरदैलोमा पुग्दै गरेको खानेपानीको पाईपलाइ राजनीतिक प्रोपोगाण्डाको आधारमा फैलाइएको अपवाह प्रति गुल्मी काँग्रेसले घोर आपत्ती जनाएको छ ।

नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थीको नाम जोडी बेकारमा नियमबद्ध तरिकाले गरिएको कामलाइ अपवाह बनाइ जनतामा भ्रम छर्ने काम भएको भन्दै काँग्रेस जिल्ला कार्य समितिले घोर आपत्ती जनाएको हो ।

सचिब पन्थीलाइ सम्पर्क गर्दा उहाँले कानुनी प्रक्रिया पुराएर नै जनताको घरमा पुर्याउन लागिएको पाइपलाइ नेकपा एमालेका कार्यकर्ताहरु बेकारमा आत्तिएर अनाबश्यक अपवाह फैलाएको बताउनुभयो ।

उहाँले स्थानिय चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’ को रूपमा अतिरञ्जीत गर्नु पद्दति र प्रणालीमाथीको ठाडो प्रहार भएको बताउनुभयो ।

कानुन छ, न्यायालय छ प्रयोग गर्ने अधिकार पनि छ तर त्यसको बाटो नरोजी सामाजिक सञ्जाल मार्फत ’अफवाह’ फैलाउनु जनतामाथीको अन्याय हो । सत्यमाथी भ्रम सिर्जना गर्नु हो, उहाँले भन्नुभयो ।

राजनीतिलाई बिकास मार्फत जनताको जनजिबिका सँग जोड्ने अभियानको नेतृत्व गरिरहेको गुल्मी काङ्ग्रेस र सचिव खिलध्वजको पन्थीको जनताप्रतिको समर्पण र काङ्ग्रेस प्रतिको जनलहरबाट अताल्लिएर उपभोक्ता समिति मार्फत कानुनी प्रकृया पूरा गरि जनताको घरदैलोमा पुर्‍याउँदै गरेको खानेपानीको पाइपको बिषयमा समाजिक संजाल मा अफवाह फैलाउने दुस्साहस गर्नु कमजोर मनस्थितिको उपज भएको काँग्रेस गुल्मीले बताएको छ ।

कोहि ब्यक्ति र राजनैतिक दल प्रती संका छ भने संबन्धित निकायमा कानुनि रुपमा समस्या समाधान गर्न सकिन्छ, सचिब पन्थीले भन्नुभयो, सार्वजनिक रुपमा ब्यक्तिगत आक्षेप लगाएर चरित्र हत्या गर्न खोज्नु राजनीतिक संस्कार होईन ।

यस्ता भ्रामक प्रचारबाजीले गुल्मी काङ्ग्रेस र खिलध्वज पन्थीलाई कमजोर हैन, झन शसक्त बनाएको काँग्रेस गुल्मीले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ