२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेल्सीले हरायो १० खेलाडीमा सिमित म्यानचेस्टरलाई

१ चैत्र २०७३, मंगलवार ०२:०४

चैत १, लन्डन (एजेन्सी) ।  तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आफ्ना तीन स्ट्राइकर जाल्टन इब्राहिमोभिक, वायने रोनी र एन्थोनी मार्सलको अनुपस्थितिमा चेल्सीको स्ट्याम्पफोर्ड ब्रिजमा उत्रिँएको म्यानचेस्टरलाई त्यतिबेला गहिलो धक्का लाग्यो, जब पहिलो हाफको ३५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर एन्डर हेरेरा पनि मैदान छोड्न बाध्य भए। 

पहिलो हाफको खेल सकिन १० मिनेट बाँकी हुँदा रेफ्रिले दिएको यो निर्णयको विषयमा ठूलो विवाद भएको थियो। चेल्सी प्रशिक्षकबाट गत अक्टोबरमा बर्खास्त भएपछि पहिलो पल्ट स्ट्याम्पफोर्ड ब्रिजमा बलियो प्रतिद्वन्दी बोकेर आएका जोसे माउरिन्हो अस्वभाविक रुपमा आक्रामक बनेका थिए। टच लाइनमा उनी रेफ्रिसँग मात्र होइन, प्रतिद्वन्दी चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेसँग मुखामुख पनि लागे। 

चेल्सीका लागि ५१ मिनेटमा एनगोलो कान्टेले विजयी गोल गरे। चेल्सीको एफए कपमा यो २२ औं सेमिफाइनल प्रवेश थियो। अब ब्लुजले सेमिफाइनल खेल टोटेनहामसँग खेल्नु पर्नेछ। 

प्रतिबन्धका कारण यस खेलमा म्यानचेस्टरले इब्राहिमोभिकलाई गुमाउनु परेको थियो। रोनी अभ्यास सत्रमा र मार्सल पहिले नै घाइते भएपछि रेड डेभिल्स आफ्नो तीन स्ट्राइकर बिनै मैदानमा उत्रिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ