चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने "/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा निजी विद्यालयको मिलेमत्तोमा परीक्षा अमर्यादित (फोटो सहित)

६ चैत्र २०७३, आईतवार ०९:३८

चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । 

सेन्टर खर्चको लागि सहयोग गर्ने र गार्ड बापतको रकम पनि नलिने शर्तमा केन्द्राध्यक्षहरुले निजी विद्यालयका शिक्षकलाई गार्ड गरेको बुझिएको छ । रामदुलारी उच्च मा.वि. कल्याणपुर जब्दीका केन्द्राध्यक्ष लालदेव साहले आफ्नै विद्यालयको शिक्षकलाई गार्ड नगराखी परीक्षामा सहभागी रहेका निजी विद्यालयको शिक्षकहरुलाई परीक्षाको गार्डमा राखेका हुन् । परीक्षा संचालन भईरहेको बेला एउटै परीक्षा कोठामा तीन चार जना गार्ड रहेको र फ्ल्यापबाटै विद्यार्थीले उत्तर सारिरहेको फोटो पत्रकारले खिच्न लाग्दा केन्द्राध्यक्ष साहले फोटो खिच्न समेत रोक लगाउनु भयो । उहाँले फोटो खिच्न दिने माथिको अनुमति छैन भन्दै फोटो खिच्न अवरोध गर्नु भयो । 

संचारकर्मीले परीक्षा निरीक्षकहरुको नामावली माग्दा समेत दिनु भएन । केन्द्राध्यक्ष साहले हामीले दिनुपर्ने ठाउँमा दिएको छौं तपाईहरुलाई दिन जरुरी छैन भन्दै संचारकर्मीहरुलाई परीक्षा केन्द्रमा धेरै समय नवस्न भन्दै बाहिर जान भन्नुभयो । उक्त परीक्षा केन्द्रमा जनता बनवाली उच्च मा.वि बर्छवा र स्वस्तिक पाठशाला मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । यसैगरी, जनता मा.वि. कसहा, मोहन मा.वि. मिर्चैया, जनता बनवाली, जनसेवा उच्च मा.वि. बन्दिपुर परिक्षा केन्द्रहरुमा नीजि विद्यालयका शिक्षकहरु निरीक्षक रहेका छन् । 


निजी विद्यालयहरुले अरु नै विद्यालयको फर्जि परीचय पत्र बनाई गार्ड बस्ने गरेको छ । यता, जिल्ला शिक्षा अधिकारी अरविन्द्र लाल कर्णले आफ्नै विद्यालयका शिक्षक अपुग भए मात्र अरु विद्यालका शिक्षकले राख्ने निर्देशन दिएको बताउनु भयो । कुनै प्रलोभनमा परी परीक्षामा निजी विद्यालयका शिक्षकहरु निरीक्षक राखेको भए उनीहरुमाथि कार्वाही हुने बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट