चैत्र १२,ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन विषेश अभियान तिव्र पारेको छ । एमालेले नयाँ संरचना अनुसार संगठन पुर्नःगठन र नगर तथा गाउँपालिकातहमा निर्वाचन परिचालन कमिटी गठन लगाएतका कामलाई तिव्र पारेको हो । केहि दिन अघि बसेको जिल्ला कमिटीको साँतौ पूर्ण बैठकले सबै नगर र गाउँपालिकामा संयोजक र सहसंयोजक तोकेर निर्वाचन विषेश कार्यक्रमलाई जिल्लाभर व्यापक बनाउने निर्देशन दिए अनुरुप कार्यक्रमहरु भईरहेको नेकपा एमाले जिल्ल कमिटी अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा एमालेका कार्यक्रमहरु चरणवद्ध सञ्चालन हुनेछन् ।
यसैविच आज नेकपा एमाले चिसंखुगढी गाउँपालिका ७ माम्खाको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । माननीय सांसद हर्कबोल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुरबीर तामाङको संयोजकत्वमा शेरबीर तामाङ सहित ६९ सदस्यीय वडा स्तरीय स्थानीय तह निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै सांसद राईले ओखलढुंगामा एमालेको विजयी सुनिश्चित रहेको दावी गर्दै ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न लागि पर्न सबैलाई आग्रह गर्नुभयो ।
वडा सदस्य देखि नगर तथा गाउँपालिकाको मेयरको उमेद्वारी सिफारीस समेत तल्लो तहबाटै हुने भएकाले जिल्लाभर भईरहेका कार्यक्रमहरुलाई सबै तहका नेता कार्यकर्ताले महत्व दिएको एमाले ओखलढुंगाले जनाएको छ । कांग्रेस र माओवादी केन्द्र सहितका दलहरुले पनि निर्वाचन विषेश अभियान जिल्लामा तिव्र पारेका छन् ।
यो पनि पढ्नुहोस् http://sajhasabal.com/politics/19431