चैत १४, खोटाङ | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । 

सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १४, खोटाङ | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । 

सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र"/>

2026-09-16 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

चैत १४, खोटाङ | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । 

सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे । 

परियोजना सञ्चालनका क्रममा जिल्लामा चालु आर्थिक वर्ष २०७३÷७४ का लागि करिब रु ८९ लाख बजेट प्राप्त भएकाले कृषि पेसालाई व्यावसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नति बढाउँदै लैजाने सो परियोजनाका जोन इकाइ प्रमुख लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । 

ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा ब्लक तथा अलैंँचीको एक वटा ब्लक निर्धारण गरिएको छ । यस्तै, दिक्तेल, नुनथला र दुर्छिमलाई मकैका लागि जोन परियोजना सञ्चालनका लागि छनोट गरिएको खरेलले जानकारी दिनुभयो । 

पकेट परियोजना सञ्चालनका लागि भने हाल जिल्लामा स्थान निर्धारणको काम भइरहेको जनाइएको छ । परियोजना सफल पार्न जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायलगायतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

‘बधशालादेखि भान्छासम्म स्वस्च्छ एवम् स्वस्थ मासु’ अभियान 

जिल्ला पशुसेवा कार्यालयले सप्ताहव्यापी रुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘हाम्रो खोटाङ, राम्रो खोटाङ, सुन्दर खोटाङ, स्वास्थ्य खोटाङ’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

अभियान अन्तर्गत कार्यालयले हिजो सदरमुकाम दिक्तेलमा प्लेकार्डसहित निकालेको प्रभातफेरि बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन भएको थियो । 

अभियानको दोस्रो दिन आज मासु तथा कुखुरा व्यवसायीसँग अन्तक्र्रिया, तेस्रो दिन ‘स्वाइन फिभर’ रोग सम्बन्धी अन्तक्र्रिया, चौंथो रानीखेत रोग नियन्त्रण सम्बन्धी अन्तक्र्रिया, छैठौँ दिन हलेसीका मासु पसल अनुगमन र सातौँ दिन डिकुवामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यालय प्रमुख डा राजेन्द्र रायले जानकारी दिनुभयो । 

अभियान अन्तर्गत बधशाला अनुगमन, सरोकारवालासँग अन्तक्र्रियालगायतका कार्यक्रम तय गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा अव्यवस्थित तथा स्वच्छ एवम् अस्वस्थ मासु बिक्री गर्ने व्यवसायी तथा व्यापारीलाई कारबाही गरिने पशुसेवा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग