अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पत्रकार महासंघको स्थापना दिवसमा अग्निपिडितहरुलाई संचार सामग्राी

१६ चैत्र २०७३, बुधबार १०:५५


अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले संचार सामग्री वितरण गरेको छ । 

पत्रकार समाजले नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसको अवसर पारेर ३४ अग्निपिडित परिवारलाई संचार सामग्री रेडियो वितरण गरेको हो । 

सोही अवसरमा त्रिमोहन माध्यमिक विद्यालय संक्रान्तिबजारमा रहि लामो समय सम्म आठराई सहित तेह्रथुम जिल्लाकै शैक्षिक उन्ययनमा महत्वपूर्ण योग्दान पु¥याउनु हुने शैक्षिक व्यात्तित्व जीवनप्रसाद सिटौलालाई पत्रकार समाजले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा नेपाल  पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमका पूर्वअध्यक्ष उद्धब तिम्सिनाले अग्निपिडितहरुका लागि राहत संकलनमा मिडियाले सबै भन्दा ठूलो भूमिका निर्वाह गरेकाले राहत कोषमा संकलित रकम क्षतिको आधारमा पुर्न निर्माण र पुनः स्थापनामा वितरण गर्नु पर्ने बताउनु भयो । 

सम्मानित शैक्षिक व्यात्तित्व सिटौलाले राणाकाल देखि नै आठराईले शैक्षिक जागरण, साँस्कृतिक र राजनीतिक क्षेत्रमा अगुवा भए पनि सामाजिक र पूर्वाधार विकास गर्नमा ओझेलमा परेकाले आठराईलाई सम्बृद्ध बनाउन सरोकारवलाहरु लागि पर्नु पर्ने उल्लेख गर्नु भयो ।  

पत्रकार समाजका अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्निपिडिका प्रतिनिधि दिपेस प्रसाई, राजनीतिक दलका तर्फबाट बलिराज ईङनाम, नागरीक समाजका अध्यक्ष अनिरुद्र तिम्सिना लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै सुसासन र पार्दशिताको क्षेत्रमा पत्रकारहरुले कलम चलाई सरोकारवालाहरुलाई सचेत बनाउनु पर्नेमा जोड दिइएका छन् ।

संक्रान्तिबजारमा भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य