चैत २१, काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २१, काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट: १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने

२१ चैत्र २०७३, सोमबार ११:२२

चैत २१, काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

कलेजस्तरमा रहेका प्रतिभावान् क्रिकेट खेलाडीले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सुमनराज कार्कीले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ । 

प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै रु एक लाख पाउनेछ भने उपविजेताले रु ५० हजार प्राप्त गर्नेछ । यही चैत २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु १० लाख लाग्ने आयोजकको भनाइ छ । 

उद्घाटनको पहिलो खेलमा टियु कलेजले एनइसी ‘बी’ कलेजको सामना गर्नेछ भने दोस्रो खेल ग्लोबल कलेज र एनइसी ‘ए’ बीच हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान