२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जिल्ला समन्वय समिति महोत्तरीको तालाबन्दी खोलियो

२३ चैत्र २०७३, बुधबार ०९:११

चैत २३, गौशाला | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ । 

स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताउनुभयो । 

समितिको दैनिक कामकारवाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य