२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुदको विकासका लागि पाँच ‘प’को प्रवद्र्धन: सचिव दाहाल

२०७३, २५ चैत्र शुक्रबार ०३:२०

सोलुखुम्बु, २५ चैत । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ । 

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवद्र्धनमा मन्त्रालय लागेको बताउनुभयो ।

सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार विकास, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा छनौट र प्रोत्साहन अति आवश्यक रहेको भन्दै यो कुरामा योजनाबद्ध काम सुरु गरेको बताउनुभयो । 

सचिव दाहालले राष्ट्रिय महत्वका तथा ठूला योजना र प्रतियोगितामा मन्त्रालय केन्द्रित रहने भन्दै गाउँ÷नगरमा स्थानीय तहले खेल क्षेत्र प्रवद्र्धनको नेतृत्व लिनुपर्ने बताउनुभयो । 

सदरमुकामस्थित जनजागृति माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले सहभागिता जनाएका छन् । तीनदिनसम्म चल्ने कार्यक्रममा महिला÷पुरुष भलिबल, एथ्लेटिक्सलगायत प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिवी नेपालीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी