2026-06-25 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकाताद्वारा गुजरात १० विकेटले पराजित, गम्भिर र लिनको आइपीएलमा नयाँ रेकर्ड

चैत २६, काठमाडौँ | इन्डियामा जारी IPL-10 को आज राति भएको तेश्रो म्याचमा कोलकाता नाइटराइडर्सले गुजरात लायन्सलाई १० विकेटले पाराजित गरेको छ । १८४ रनको टारगेट पछ्याउने क्रममा कोलकाताले उक्त खेल १४.५ ओभरमै बिना कुनै नोक्सान  हासिल गर्यो । 

केकेआरको लागि दुवै ओपनर्स क्रिस लिनले अविजित ९३ रन र गौतम गंभीरले ७६ रनबनाउँदा खेलले एतिहाँसिक स्कोर रच्न सफल भएको छ । खेलमा पहिले ब्याटिङ गरेको गुजरातको कप्तान सुरेश रैना (६८*) र दिनेश कार्तिक (४७) को इनिंगको मद्धतले २० ओभरको खेलमा ४ विकेटको क्षेतिमा १८३ रन बनाएका थिए । 

खेलमा कोलकाताको लागि ओपनिंग गर्न खेलमा उत्रिएका गौतम गंभीर र क्रिस लिनले १६९ रनको पार्टनरशिप पुरा गर्दै आइपीएलको इतिहाँसमा पहिलो विकेटको लागि पार्टनरशिपको नयाँ रेकर्ड बनाएका छन् । दुवैले मिलेर आफ्नो टीमको लागि बिना कुनै विकेटको क्षेतिमा सफल पार्टनरशिपको नयाँ रेकर्ड बनाए । यस अघि कुनैपनि विकेटको क्षेती बिना भएको पार्टनरशिपको पुरानो रेकर्ड १५२ रनको थियो । जुन रेकर्ड कोलकोताले १३ औं ओभरमै तोडिदिएका छन् ।

कोलकाताको लागि सातौ ओभरमा २३ रन जोडेर लिनले आफ्नो फिफ्टी पुरा गरे भने कप्तान गंभीरले ३३ औं बलमा फिफ्टीको स्कोर पुरा गर्दै उत्कृष्ट पर्दर्शन गरे । साथै दुवै जना ओपनर्सले ४६ बलमै १०० रनको पार्टनरशिप पुरा गरे । 

खेलमा गुजरातका लागि कप्तान सुरेश रैनाले समेत फिफ्टीको स्कोर दर्ता गराए, उनले ५१ बलमा अविजित ६८ रन बनाए । रैनाले ४१ बलमा आफ्नो फिफ्टी पुरा गरेका थिए । 

खेलमा केकेआरले गुजरातलाई पहिलो झड्का ३.१ ओभरमा २२ रनको स्कोरमा लगायो । पीयूष चावलाको बलमा जेसन रोय १४ रन जोड्दै यूसुफ पठानको हातबाट क्याच भएर आउट भए । गुजरातको लागि दोश्रो झड्का ७२ रनको स्कोर हुँदा कुलदीप यादवले लगाए । त्यसको २ ओभरपछी गुजरातको तेश्रो विकेट झर्यो । १०.२ ओभरमा कुलदीपको बलमा एरोन फिंच १५ रन जोड्दै सूर्यकुमार यादवको क्याचबाट आउट भए । त्यस्तै गुजरातलाई चौथो झड्का २० औं ओभरको पाँचौ बलमा लाग्यो । खेलमा टिकेर खेलेका गुजरातका दिनेश कार्तिक ४७ रन जोड्दै कोलकाताका बोल्टका बलमार्फत सूर्यकुमारको क्याचमा आउट बने । कार्तिकले कप्तान रैनाको साथ मिलेर ८७ रनको उत्कृष्ट पार्टनरशिप गरेका थिए । 

कोलकाताका लागि कुलदीप यादवले २, पीयूष चावला र ट्रेन्ट बोल्डले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक