चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।&n"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेट: पन्जाबद्वारा बैंग्लोर ८ विकेटले पराजित

२०७३, २८ चैत्र सोमबार १७:३०

चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । 

रोएल च्यालेन्जर्स बैंग्लोरलाई जित्ने क्रममा पन्जाबका अमलाले नटआउट ५८ र म्याक्स्बेलले ४३  बनाए । आइपिएलमा निकै बलियो टिम मानिने रोएल च्यालेन्जर्स बैंग्लोरले ४ विकेटको क्षेतिमा दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले उक्त स्कोर २ विकेटको क्षेतिमा १४.३ ओभरमै १५० रन बनाउंदै पुरा गर्यो । 

पन्जाबको पहिलो विकेट आरसीबीका टाइमल मिल्सले लिए । मिल्सले छैटौं ओभरको अन्तिम बलमा मन्दीप वोहरालाई LBW आउट गरे । त्यस्तै पन्जाबले दोश्रो विकेटसंगै नवौं ओभरको पहिलो बलमा अक्षेर पटेललाई गुमायो । 

पहिले ब्याटिङ्ग गरेको रोएल च्यालेन्जर्स बैंग्लोरले सुरुवाती खेल निकै कमजोर खेलेपनि क्रिस गेलको सट्टा खेलमा आएका एबि डिविलियर्सले एबी डिविलियर्सको शानादार इनिङ्ग मार्फत १४८ रन जोड्न सफल बन्यो । डिविलियर्सले नट आउट ४६ बलमा ८९ रन बनाए । स्कोर बनाउने क्रममा उनले ९ छक्का र ३ चौका लगाएका थिए । बैंग्लोरको लागि सुरुवाती ब्याटिंग गरेका सेन वाट्सनले पहिलो ओभरमै २ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टुअर्ट बिन्नीले नटआउट १८ रन जोडे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ