सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छो"/>
2026-09-16 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चर्चित मोडल बुद्धबिर थापाको अभिनय रहेको “टुहुरो” चर्चामा

सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छोराछोरी मै खन्याउीछन् । हरेक पल खुशी संग जिउन सिकाउछिन । हर दुख सुख संग आफु लडेर खुशी राख्छिन् । आफ्नो सन्तान लाई  आफु मैन बत्ति झै जलि उज्यालो दिन्छिन् । भगवान संग माग्छी आफ्नै सन्ततीको खुशी आफ्ना सन्ततीको खुशी नै उनको धन हो । हिमालको हिउ जस्तै पबित्र मन भएकी आमा जव यो दुनिया छाडेर आफ्नो सन्ततीलाई टुहुरा टुहुरी बनाएर जान्छीन अनि त्यति बेला त्यो सन्तानको दिन कस्तो होला ? के होला ? त्यो त सोच्न पनि सकिदैन । यी र यस्तै बास्तबिकता रहेको “टुहुुरो” बोलको लोक गित निकै चर्चामा छ ।

अहिलेका चर्चित मोडल बुद्धबिर थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै एकाएक चर्चामा आएको हो  । कुनै समयका संचारकर्मि थापा मोड्लिङ क्षेत्रमा दुई बर्ष बिताई सकेका छन् । यति छोटो समय मै हजारौं दर्शक स्रोताका मन मुटुमा बस्न सफल मोडल थापाले ९० भन्दा बढि गितमा अभिनय गरिसकेका छन् । निकै उत्कृष्ट अभिनय गर्ने मोडलका रुपमा परिचित थापाको एक पछि अर्को गर्दै निरन्तर म्युजिक भिडियो बजारमा आउने क्रममा टुहुरो बोलको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ ।

चर्चित लोकदोहारी गायक बिमल डाँगीको सुमधुर स्वर चर्चित सर्जक सन्तोष बानीयाँको उत्कृष्ट लय तथा शव्द सिर्जनामा रहेको यस गितको म्युजिक भिडियोमा रश्मि भट्ट र बुद्धबिर थापाको उत्कृष्ट अभिनय रहेको छ । अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन बासु बरालको छायांकन रहेको छ भने मिलन बिकले भिडियोको सम्पादन गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो लाई एस एन बि एक्सप्रेसले बजार व्यबस्थापन गरेको छ । भिडियाे हेर्नुहाेस् https://www.youtube.com/watch?v=KiPxpmezE9Y 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग