राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरो"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई बर्षीय भतिजको हत्या आरोपमा काका पक्राउ

१६ बैशाख २०७४, शनिबार ११:४६

राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबलाई हत्या गरेको आरोपमा भरोसीका सहोदर भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (र्डिसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा शुक्रबार साँझ बालकको शब फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको (डिएसपी) बज्राचार्यले बताए । 

प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझ कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको थियो । 

पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई रहेको छ । सुरेशको मानसिक संतुलन केहि अस्वस्थ्य रहेको समेत प्रहरीले बताए । पक्राउ परेका सुरेश उपर कर्तव्य अन्तर्गत मुद्धा चलाउने तयारी भईरहेको मिर्चैयाका (डिएसपी) बज्राचार्यले बताए । 

बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य