बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार "/>
2026-09-16 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । 

तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बोकेर दिनहुँ बजार पुग्दा पनि आफूलाई पट्यार नलागेको उहाँले बताउनुभयो । 

तरकारी व्यवसायमा धेरै अनुभव लिनुभएकी कार्कीले आफूले सक्दासम्म व्यवसायलाई निरन्तरता दिने प्रयासमा रहनुभएकी उहाँले भन्नुभयो, “तीन छोराछोरीको पढाइ खर्च यसैबाट राम्रोसँग चलाएँ ।” “तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ”, आफ्नै पाँच रोपनी जग्गामा तरकारी लगाएर वार्षिक रु सात लाखसम्मको आम्दानी लिने गरेको कृषक कार्की बताउनुहुन्छ । 

लामो समयसम्म तरकारी व्यवसायले कार्कीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउन परेको छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको छ । 

बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हँुदा उहाँले अहिले बेमौसमी उत्पादनलाई महत्व दिनुभएको छ । कृषक कार्कीको व्यवसाय देखेर गाउँघरका अन्य महिलाले पनि सिको गर्न थालेका छन् । फुर्सदको समय त्यसै दिन बिताएर बस्ने महिलालाई तरकारी खेती गरेर आम्दानी लिन उहाँ सल्लाह दिने गर्नुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग