२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

घरकै छतमा यसरी फल्छ तरकारी: ब्यवसायी भन्छन्- तरकारी नकिनेकै ३ बर्ष भयो

२०७४, ४ जेष्ठ बिहीबार १०:०७

तेज बन | जेठ ४, इटहरी । मनमा उमंग, जोस र हातमा सिप छ भने गरे के हुन्न भन्ने गतिलाे उदाहरण बनिनुभएकाे छ साविक इटहरी १ का ब्यवसायी गाेपिरमण दहाल । उहाँ उमेरले मात्रै ५ दशक कटिसक्नुभएकाे छ तर मनमा जाेस र जागर भने तन्नेरी अवस्थाका युवाहरू भन्दा कम देखिदैनन । ब्यवसायबाट समाजमा ख्याती कमाइसक्नुभएका दहालले बिगत ४ बर्षदेखि अाफ्नै घरकाे छतमा तरकारी र फलफुल खेती गरी  समाजमा उदहारण प्रस्तुत गरिरहनुभएकाे छ । हातमा सिप र पाैरख गर्नेलार्इ कुनै उमेरले छेक्दैन भन्ने गतिलाे उदहारण बनिनुभएकाे छ इटहरी निवासी  गाेपिरमण दहाल ! यति मात्र नभइ भुर्इ खेत नभएका सहरियाहहरूकालागि समेत कसरी छतमा तरकारी तथा फलफुल लगाउने  र उत्पादन गरेर बजार सम्म पूर्याउने बिधिबारे  ज्ञानका कुराहरू बाडदै हिडनुहुन्छ दहाल ।

 इटहरीकाे मुख्य चाैकदेखी करिब ३०० मिटर पश्चिमस्थित अमृता किराना स्टाेर लेखिएकाे तिनतले घरकाे छतमा गएर अवलाेकन गर्नेहरू जाे काेहिलेपनि त्यहा लगाइएकाे करेसावारीकाे खुलेरै प्रसंसा गरेकाे पाइन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी भान्सामा चाहिने धेरै प्रकारका सब्जी त्यहाँ प्रत्यक्ष फलिरहेको देख्न पाइन्छ । अमृता किराना पसलका सञ्चालक समेत रहेका दहाल फुर्शदकाे बेला छतमा लगाएकाे त्यही करेसाबारीमा भेटिन्छन । त्यहा देख्दा उनि कहिले घरेलु अाैजार बाेकेर केही खाेतलिरहेका हुन्छन भने कहिले पानि हाल्दै गरिरहेका भेटिन्छन ।

त्याे संगै उनमा भएकाे जाेस जागर र उत्साह करेसाबारीमा झल्किएकाे देख्न पाइन्छ । किराना पसल गर्दागर्दै  बचेकाे समयलार्इ सदुपयाेग गर्दै केहि गराै भन्ने मनसायले छतमा तरकारी संगै फलफुल लगाउन थालेकाे र बिस्तारै सफलता पाउन थालेकाे ब्यवसायी दहाल बताउनुहुन्छ । करिब ७ धुर (१२७५ ) स्क्वायर फिट क्षेत्रफलमा लगाइएकाे तरकारी तथा फलफुल खेतीले उहाकाे दिनचर्या समेत बदलिएकाे देख्न पाइन्छ । छतमै तरकारी खेति गरेदेखि करिब ३ बर्ष भयाे बजारबाट किन्नुपरेकाे छैन पाैरखी दहाल भन्नुहुन्छ । छतमै फलाइउकाे तरकारीहरू मध्ये एउटा करेला अाधा किलाे सम्म्काे उथत्पादन हुने गरेकाे र फलफुलमा अम्बा ८ सय ग्राम सम्म उत्पादन हुने गरेकाे उहाँ थप्नुहुन्छ ।निकट  भविष्यमा छतमा ब्यस्थित तरिकाले ग्रिन हाउस सहित तरकारी खेति काे सुरूवात गरिने पनि दहाल बताउनुहुन्छ । 

सामान्यतय सिमेन्टकाे छतमा तरकारी खेती गर्दा माटाे संगै गमला अादीकाे अावस्यक पर्छ तर उहाले माछाका ५० बढी किरेटमा माटाे हालेर शुद्ध अर्गानीक तरकारीहरू उत्पादन गर्दै अाइरहनुभएकाे छ । यसाे गर्दा एक त कम लगानी , समयकाे बचत र स्वास्थ्यमा समेत सकरात्मक उर्जा उत्पन्न हुने पाैरखी दहाल बताउनुहुन्छ । श्रीमती छोरावुहारी र नातिनीहरू सहित ७ जनाकाे परिवार रहेकाे उहाकाे भान्सामा पुग्ने तरकारी  छतमै उत्पादन हुने गरेकाे छ । यता ५ दशक कटिसकेका अाफ्ना बाबाकाे जाेस र उत्साह देखेर घरका परिवारहरू समेत दंग परेका छन । पसलमा बस्दाबस्दै एकाएक माटाे बाेकेर छतमा फिजाएकाे देख्दा एकछिन त श्रीमती कलादेखी दहालपनि तिन छक्क परेकाे बताउनुहुन्छ तर बिस्तारै यस्ताे हुन्छ भनेर अाफुले एकमनमा पनि नसाेचेकाे श्रीमती कमला थप्नुहुन्छ ।

उहापनि अाफ्नाे श्रीमानकाे जाेस र उत्साह देखेर छक्क पर्नुहुन्छ । पाकाे उमेरमा त्यतिकै घरमै बसिरहनुभन्दा केही गरेकाे राम्राे भन्दै  छतमै तरकारी खेती सुरू गरेकाे  र अहिले यहाँ उत्पादन भएका तरकारीहरू घरकाे भान्सामा पुग्नुकाे साथै छरछिमेकमा समेत किनबेच हुनेगरेकाे पाैरखी गाेपीरमण दहाल बताउनुहुन्छ । बजारको विषादीयुक्त सब्जीले रोग बढाउनुको साटो भुइँ करेसाबारी नभएका सहरिया बासिन्दाका लागि दहालकाे छतमा लगाइएकाे करेसावाली नमुना बनेकाे छ । कती छिमेकीहरूले त उहाकै करेसाबारी हेरेर र उहासंगै ज्ञान लिएर छतमै तरकारी लगाउन थालिसकेकाे दहाल बताउनुहुन्छ । दहालले लगाउनुभएकाे तरकारी वालीमा लाैका , फर्सी , साग , करेला , घिराैला , काक्रा , कागती , स्टबरी , लगायत उत्पादन हुदै अाएका छन भने फलफुलमा अनारस , अम्बा , लगायत उत्पादन हुदै अाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा