जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन ग"/>
जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुको अनुगमन गरेको हो ।
सिद्धिचरण नगरपालीका–६ जन्तरखानीमा स्थापना भएको सेतीदेबी आलु विज वृद्धि कृषक समुहले लगाएको आलु र च्याउ खेतीको अनुगमन गरिएको बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेलले बताउनुभयो । अनुगमनका क्रममा कृषकहरुले समितिसंग सिंचाईको व्यवस्था गरिदिन माग राखेका थिए । भ्रमण तथा अनुगमनका क्रममा कृषी विकास समिती, कृषक लगायत सरोकारवालाहरुको टोली सोलुखु्रम्बुको फाप्लुमा रहेको बागवाणी केन्द्र सम्मको भ्रमण गरेको थियो
केन्द्रमा भएका फलफुल जातका खेती प्रणाली सम्बन्धि पनि भ्रमणमा रहेको टोलीले जानकारी लिएको छ । भ्रमण तथा अनुगमन टोलीमा कृषि विकास समितिका अध्यक्ष स्थानिय विकास अधिकारी यामुलाल अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल,बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेल, पत्रकार सञ्चारकर्मी लगायत कृषक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।