2026-09-02 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा काँग्रेसले उम्मेदवारको नाम टुङ्गो लगायो

जेठ १५, तम्घास (गुल्मी) | दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

नेपाली काँगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताउनुभएको छ । 

पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर, मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटा रहनुभएको छ । 

गाउँपालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रमुखमा बेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल, रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी, ईश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारी रहनुभएको छ । 

काँग्रेसले स्थानीयस्तरमा एमालेबाहेकका अन्य दलसँग तालमेलका लागि छलफल सुरु गरेका कारण रुरु गाउँपालिकामा गाउँपालिका प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इस्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुख गरी एक प्रमुखसहित चार उपप्रमुखका लागि नाम सार्वजनिक गरेको छैन । वडाहरुमा भने आज बेलुकीसम्म सबै उम्मेदवारको नाम टुङ्गाइसक्ने पार्टी सचिव पन्थीले बताउनुभएको छ । 

स्थानीयस्तरमा माओवादीसँग केही गाउँपालिकामा तालमेलका लागि छलफल जारी रहेका कारण एक दुई स्थानमा प्रमुख तथा उपप्रमुखको नामावली फेरबदल हुनसक्ने बताइएको छ । काँगे्रसबाहेकका अन्य दलले यसअघि नै नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली