कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुला"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाका कृषकलाई कृषि औजार तथा ढुवानी साधनहरु हस्तान्तरण

१७ जेष्ठ २०७४, बुधबार १०:१०


कविता उपाध्याय/जेठ १७, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पा अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले जिल्लाका  समूह सहकारीका कृषकहरुलाई मंगलबार कृषि औजार, उपकरण तथा ढ्वानी साधनहरु हस्तान्तरण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी डा. डिनन भट्राइले एक भब्य समारोहका वीच कृषकहरुलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । यसैवीच डा. भट्राइले सरकारले कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्न कृषकहरुलाई अनुरोध गर्नुभएको छ । उहाँका अनुसार कृषहरुलाई ग्रामीण कृषिको प्रबद्र्धन गर्न र ब्यवसायिक कृषि संचालन गर्न यो कार्यक्रमले थप सहयोग गर्ने आशा राख्दै अबका दिनमा कृषकहरु यस क्षेत्रबाट गुजारा चलाउन मात्र होइन आत्म निर्भर बन्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय रोल्पाका योजना अधिकृत लोकराज सुवेदीले जिल्लामा कार्यालय मार्फत पहिलो वर्ष मकै  र अलैचिको ब्लक कार्यक्रम संचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मकै ब्लक अन्तर्गत जिल्लाका साविकका ८ गाविसका ३० वटा समूहहरुलाई मिनी टिलर सानो ५.८ एच पी, मिनी टिलर ९ एच पी, थ्रेसर र मकै रोप्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिनुभयो । 


यस्तै कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले ब्यवसायिक खेतीमा सफलता हासिल गर्नका लागि आधुनिक कृषि प्रणालीमा जानुपर्ने भएको हुँदा कृषकहरुका लागि यो महत्व पूर्ण अवसर भएको बताउनु भयो । 

बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कृषकहरुलाई प्राप्त साधन र श्रोतको सही सदुपयोग गर्न सके अवश्य पनि सफलता हातपार्न सकिने सुझाव दिुनभएको छ । 

मकै ब्लक कार्यक्रम अन्तर्गत मेसिनरी सामाग्री खरिदमा मात्र करिव ३० लाख खर्च हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिनुभयो । 

आधुनिक कृषि किसान संसार भरतपुर ९ बाट कृषि उपकरण उपलब्ध गराइएको कम्पनी संचालक राजाराम तिवारीले जानकारी दिनुभयो । विगतका दिनमा परम्परागत कृषि प्रणालीबाट खेती गर्दै आएका कृषकहरु नयाँ प्रविधिबाट अगाडि बढ्न पाएकोमा निकै हर्षित भएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य