२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने

२०८१, ४ कार्तिक आईतवार १३:५४

पोखरा | सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ। उनलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि अदालतमा लिइएको हो।

रवि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। पक्राउको केही घण्टामै उनलाई राति पोखरा ल्याइयो र स्वास्थ्य परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। शनिबार सार्वजनिक बिदा भएकोले आज अदालतमा उपस्थित गराइएको छ।

अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित पक्षले आ–आफ्नो पक्षमा नाराबाजी गरिरहेका छन्। रवि लामिछानेका समर्थकहरूले सहिद चोकमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने सहकारी पीडित पक्ष राष्ट्र बैंक चोकमा प्रदर्शन गर्न लागेका थिए। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि समर्थक र प्रहरी बीच धकेलाधकेलको अवस्था पनि उत्पन्न भएको थियो।

रविको पक्षमा बहस गर्नका लागि अदालतमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात जना कानुन व्यवसायी उपस्थित छन्। यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, कमल पोखरेल, डा. नारायणदत्त कँडेल, र लेखनाथ सापकोटा जस्ता अधिवक्ताहरू पनि रविको पक्षमा बहस गर्दैछन्।

अदालतको सुनुवाइ प्रक्रिया अघि बढ्दै गर्दा लामिछानेलाई रिहा गर्नुपर्ने वा निरन्तर थुनामा राख्ने निर्णय गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस