प्रेम सुनार | असार–११, गुल्मी ।  गुल्मीका पाँच  वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असार–११, गुल्मी ।  गुल्मीका पाँच  वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका "/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा पाँच स्थानमा जित्ने माओवादी केन्द्रको दावि

२०७४, ११ असार आईतवार १५:३४

प्रेम सुनार | असार–११, गुल्मी ।  गुल्मीका पाँच  वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका छन् । चन्द्रकोट गाउँपालिकामा युवराज केसी प्रमुखमा माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् । रुरु गाउँपालिकामा  नेपाली कांग्रेस संगको तालमेलबाट २७ वर्षिय यदु ज्ञवाली जिल्लामा सवै भन्दा कान्छो  गाउँ प्रमुखका  उमेदरवार हुन् । मालिका गाउँपालिकामा देविराम अर्यालय , धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस संगको तालमेलबाट भुपाल पोख्रेल र मदाने गाउँपालिकामा बेगमबहादुर चन्द बोहरा प्रमुख पदको चुनावी मैदानमा रहेका छन् ।

आफुहरु पाँचै जना ४० वर्षक न नाघेका युवा नेता भएकोले जनलहर आफुहरुको पक्षमा भएको उनिहरुको दावि छ । जनयुद्ध कालमा शसक्त लडाकुका रुपमा चिनिने उनिहरु आ–आफ्नो स्थानमा जनयुद्धकालमा समेत जनताको घरघरमा हुने गरेका थिए । पाँचै जना नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य स्तरका यी नेताहरु  मध्ये दुई वटामा कांग्रेसले सहयोग गरेको छ भने तिन वटामा एक्ला एक्लै भिडेका छन् ।

चन्द्रकोटका उमेदवार युवारा केसी शिक्षण पेशा छाडेर जनताको मुक्तिका लागि भन्दै जनयुद्धमा लागेर जेलको यातना समेत भोगेका थिए । मालिका गाउँपालिका देविराम अर्याल जनयुद्धका घाईते समेत हुन् ।  भुपाल पोख्रेल जनयुद्धका लडाकु मात्रै नभएर त्यति वेलाका कलाकार समेत थिए ।

मदाने गाउँपालिकाका बेगमबहादुर चन्द बोहरा धेरै पटकका भिडन्तमा परेका व्यक्ति हुन । उनलाई एक पटक भिडन्तमा मृत्यु भयो भनिएका व्यक्ति हुन् ।  गुल्मीका २ नगरपालिका र १० गाउँपालिका मध्ये माओवादी केन्द्रले ५ गाउँपालिका जित्ने आंकलन गरेको सा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह