प्रेम सुनार | असार–१७, गुल्मी | रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस र एमालेका वडाध्क्षका उमेदवार दुवैले वरावरी मत ल्याए पछि गोला प्रथाद्धारा एमाले उमेदवार विजयी भएका छन् ।
नेपााली कांग्रेसका वडाध्यक्ष उमेदवार लिलाधर आचार्य र एमाले उमेदवार विजयकुमार मरासिनी दुवैले ४९३ मत ल्याएका थिए ।
भखैरै गरिएको गोलाप्रथामा पहिला गोला प्रथा थुथेका कांग्रेस उमेदवार आर्चाय पराजित भएका छन् भने एमाले उमेदवार मरासिनी विजयी भएका छन । तर वाहिरको माहोललाई मध्ये नजर गरी निर्वाचन कार्यालयले भने आधिकारीका घोषणा गरेको छैन् ।