२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

संविधानमा धर्म निरपेक्षता राख्न माग गर्दै बाजागाजा सहित धार्मिक प्रदर्शन

११ भाद्र २०७२, शुक्रबार ०३:२९

प्रकाश धौलाकोटी, भदौ ११, तेह्रथुम । धर्म निरपेक्षता, पहिचान र समान अधिकारको माग गर्दै तेह्रथुम जिल्ला स्थित बिभिन्न धार्मिक संगठनहरुले बुधबार सदरमुकाम म्याङलुङमा धार्मिक तथा सास्कृतिक र्याली र कोणसभा सहित प्रदर्शन गरेका छन् ।

संबिधान निर्माण पक्रिया कार्य अन्तिम चरणमा पुगिसक्दा पनि सबैको पहिचान , समानता र अधिकारको लागी सरकार बिच भएको सम्झौता अनुरुप संबिधान जारी गर्न नखोजिएको भन्दै बिभिन्न धार्मिक संगठनहरुले र्धािर्मक तथा सास्कृतिक आन्दोलन गरेका हुन् ।

पहिचान र धर्म निरपेक्षता साथै धार्मिक बिभेदको रक्षार्थ भन्दै गठित उत्पीडन बिरोेधी संयुक्त राष्ट्रिय मोर्चा द्धारा आयोजित र्याली सदरमुकाम म्याङलुङ स्थित बर्षपार्क बाट सुरु भई बजार पुर्ण रुपमा र्यालीले परिक्रमा गरि स्थानिय लोकतान्त्रिक चौकमा कोणसभा समेत सम्पन्न भएको छ ।

धर्म निरपेक्ष कायम गर्नुपर्ने ,धार्मिक बिभेद अन्त्य गर्दै धार्मिक सहिष्षुणता कायम गर्नुपर्ने लगायतका माग राख्दै निकालिएको र्यालीमा २ सय बढि बिभिन्न धर्माबलम्बी भक्तजन र धार्मिक तथा जातिय संघ सस्थाहरु सहभागी थिए । बिभिन्न किसीमका शान्तिपुर्ण नाराहरु सहित बजार परिक्रमा गरेको र्याली जिल्ला प्रशासन कार्यलय परिसरमा पुगि उत्पीडन बिरोेधी संयुक्त राष्ट्रिय मोर्चाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएको छ ।

समानुपातिक समाबेसी, जातिय जनसंख्याको आधारमा समान प्रतिनिधित्वको व्यावस्था गर्नुपर्ने, पहिचान सहितको संघियता र लैङगिक समानता हुनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएका छन् । बिभिन्न धार्मिक तथा जातिय संस्थाका प्रतिनिधीहरु द्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले उक्त मागपत्रलाई संबिधानसभा समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली