2026-08-21 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित

काठमाडौँ | भारतले अस्ट्रेलियाविरुद्धको बोर्डर–गाभास्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा २९५ रनको शानदार जित निकालेको छ। सोमबार पर्थमा भएको खेलको चौथो दिन अस्ट्रेलिया २३८ रनमा अलआउट भएपछि भारतले ५३४ रनको लक्ष्यसँगै सानदार जित दर्ता गरेको हो ।

यससँगै भारतले पाँच टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । अस्ट्रेलियाको इनिङ्स चौथो दिनको चिया सत्र लगत्तै समाप्त भएको थियो । यसअघिको तुलनामा अस्ट्रेलियाली ब्याटरले केही सुदृढ प्रदर्शन भने गरे । उसका लागि ट्रेभिस हेडले सर्वाधिक ८९ रन बनाए । उनी विपक्षी कप्तान जसप्रित बुमरहको बलमा विकेट पछाडि ऋषव पन्तद्वारा समातिए ।

यस्तै तल्लो क्रमका ब्याटर मिचेल मार्सले ४७ र एलेक्स केरीले ३६ रन बनाए । मार्स नितिशकुमार रेड्डीको बलमा बोल्ड भए । केरी पनि हर्षित रानाको बलमा बोल्ड भए । भारतीय बलरमध्ये बुमराह र मोहम्मद सामीले समान तीन तीन विकेट लिए । यस्तै वासिङटनले दुई र नितिशकुमार तथा हर्षितले एक विकेट हात पारे । अस्ट्रेलियाले तीन विकेट गुमाएर १२ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

त्यसअघि पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १५० रनमा अलआउट भएको थियो । त्यसपछि अस्ट्रेलिया १०४ रनमा अलआउट भएपछि भारतले ४६ रनको अग्रताबाट दोस्रो इनिङ सुरू गरेको थियो ।

दोस्रो इनिङमा ४८७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए । त्यसैगरी मिचेल मार्शले ४७ रन बनाए । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले ३-३ विकेट लिए । त्यस्तै वासिङ्टन सुन्दरले २ विकेट लिए भने हर्षित राना र नितिश रेड्डीले १-१ विकेट लिए ।

यसअघि भारतका लागि दोस्रो इनिङमा यशश्वी जैसवाल र विराट कोहलीले शतक बनाएका थिए । जैसवालले १६१ रन बनाउँदा कोहली १०० रनमा अविजित रहे । केएल राहुलले ७७ रन बनाए ।

अस्ट्रेलियाका नेथन लायनले २ विकेट लिँदा मिचेल स्टार्क, मिचेल मार्श, प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु